English

ल्यापटप तथा मोवाइलको प्रयोगले आँखामा देखिन्छ यस्तो समस्या, कसरी बच्ने ?



मोबाइल, ल्यापटपजस्ता उपकरण यतिबेला सबैको अत्यावश्यक भइसकेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा हुने सबै कामहरु यिनै माध्यमबाट बढी हुन थालेका छन् । भने, धेरैको समय बिताउने साधन बनेको छ ।

तर ग्याजेटको अत्याधिक प्रयोगले आँखा सम्बन्धि विभिन्न समस्याहरु आउन सक्छ । त्यस्ता समस्याबाट कसरी बच्न सकिन्छ भन्ने बारे आँखा रोग विशेषज्ञ डा. प्रतिक्षा अमात्यको सुझाव यस्तो छ :

समस्या

लगातार ल्यापटप मोबाइलको अघि बस्दा आँखा झिमिक्क नगरी हेरेको हेर्यै गर्छौ । आँखा झिम झिम नहुँदा आँसु फैलन पाउँदैन । साधारणतया १ मिनेटमा १५ देखि १६ पटकसम्म आँखा झिम झिम गर्नुपर्छ । तर, ग्याजेटमा हेर्दा हामीले त्यस्तो गर्दैनौ । जसले आँखा सुख्खा हुने बिजाउने जस्ता समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । आँखा नजिक राखेर मोबाइल तथा ल्यापटप हेर्दा हामीले टाढा हेर्दैनौ जसले दूर दृष्टि पनि कमजोर हुँदै जान्छ । ग्याजेटको अत्याधिक प्रयोगले ड्राई आई सिंड्रोमको समस्या अधिक देखिन्छ ।

कसरी बच्ने ?

– सकेसम्म मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको लतबाट टाढा रहने ।

– यदि कम्प्युटर तथा ल्यापटपमा लगातार काम गर्ने हो भने २०–२०–२० नियम लागू गर्ने । जस्को अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।

– धेरै समय कम्प्युटरमा काम गर्दा, एण्टिलेयर चस्माको प्रयोग गर्ने ।

– आँखाको थकावटलाई कम गर्न सफा पानीले आँखा भिजाउने र दुवै हातको हतकेलाले बिस्तारै आँखा मालीस गर्ने ।

– आँखा धेरै सुख्खा भएको छ भने कृतिम आँसु आईड्रपको प्रयोग गर्ने ।

– आँखा धेरै पोलेको छ भने सुतिको कपडालाई चिसोपानीमा भिजाएर आँखा एकछिन छोपेर आराम गर्ने ।

– आँखामा धेरैनै समस्या भयो भने तुरुन्त अस्पताल जानुपर्छ वा चिकित्सकको सल्लाह लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested