English

सार्वजनिक यातायातको जोरबिजोर हट्यो, अब के–के खुल्न बाँकी ?



काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी आदेशमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु सिट क्षमता अनुसार स्वास्थ्य मापदण्ड पालना गरी चलाउनुपर्ने जनाइएको छ ।

साथै, असार ३१ सम्म निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसैगरी औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि सबै पसल जुनसुकै समयमा निर्बाध सञ्चालन गर्न पाइनेछ । अन्य पसल तथा व्यवसायहरु स्वास्थ्य मापदण्ड पालना गरेर साँझ ६ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।

त्यस्तै, अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि ७ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ । परीक्षा तथा अन्य विषयको हकमा २५ जनाभन्दा बढी मानिसहरु भेला नहुनेगरी सञ्चालन गर्न पाइने उल्लेख छ ।

के–केमा निषेध ?

सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सैलुङ, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना लगायतालाई सञ्चालनमा निषेध गरिएको छ ।

यस्तै, विवाह व्रतवन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने उल्लेख छ । नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाइएको जनाइएको छ ।

आदेश :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested