English

लसुनबाटै भित्रियो ४० लाख



रुकुमपूर्वको भूमे गाउँपालिका वडा नं ९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४ सय ५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेर जाने गरेको लसुनले यसवर्ष भने लाखौंको कारोबार गरेको छ ।

सुरुवाती चरणमा प्रतिकिलो ९० रुपैयाँमा विक्री हुँदै आएको लसुन पछिल्लो समय प्रतिकिलो १ सय १५ रुपैयाँमा विक्री हुँदै हुने गरेको वडाध्यक्ष प्रवेश पुन बताउँछन् । बीउ लसुनको मूल्य भने १ सय २५ रुपैयाँ पुगेको उनको भनाई छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।

आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले खरिद गर्ने जनाइएको छ । उनका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा ४० लाख रुपैयाँ भित्रिएको छ । सो गाउँ लसुनको पकेट क्षेत्र हो । सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ ।

यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ । वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ । वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताए ।

त्यसैगरी, वडाले कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आएको छ । अहिले यस वडामा १९ वटा बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली