English

चट्याङबाट बच्न के गर्ने ?



नेपालमा चट्याङका कारण वर्षेनी सय जना भन्दा बढी मानिस र यो भन्दा ५ गुणा धेरै जनावरले ज्यान गुुमाउने गरेका छन् । प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न सकिँदैन । तर यसबाट बच्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।

– तामा, आल्मोनियम, जिआइका रड छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने । यसरी गर्दा केही हदसम्म घर चट्याङबाट सुरक्षित हुन्छ ।

– पानी परेको समयमा गड्याङ्–गुडुङ हुँदा घर बाहिर ननिस्किने ।

– घर बाहिर भएमा पक्की घर, बस र भ्यानहरुमा जानुपर्छ ।

– यदी सुरक्षित स्थानमा पुग्ने अवस्था नरहेमा एक्लो र आग्लो रुखमा ओत नलागी खुल्ला चौरमा टक्रुक्क परेर बस्ने र टाउकोलाई दुई घुँडाको बीच राखि कान थुन्ने ।

– घर भित्र रहँदा झ्याल ढोका बन्दा गरी बीच कोठमा बस्ने ।

– मल्टीप्लक, फ्रिज, टिभी लगायत अन्य विद्युतीय सामग्रीका तारहरु प्लकबाट निकाल्ने ।

– पानीको धारामा सिधै ननुहाउने, कपडा नधुने र टेलिफोनमा कुरा नगर्ने ।

सामान्यतः चट्याङ अपरान्हको ३ बजेपछि पर्ने भएकाले विहानको समयमा घर बाहिरको र साँझको समयमा घर भित्रको काम गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,