English

रोटरी क्लब बालुवाटार र कामनपा ३ को सहकार्यमा मन्दिर तथा पार्क निर्माण



रोटरी क्लब अफ मातृभूमि बालुवाटारले काठमाडौं महानगरपालिका वडा नं ३ को सहकार्यमा मन्दिर जिर्णोद्धार र पार्क निर्माण गरेको छ । क्लब र वडाका अध्यक्ष द्वय अनुज थापा र दिपक केसी एवं रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर हरिओम ध्वज जोशीले संयुक्त रुपमा उक्त मन्दिर र परिसरमा रहेको पार्कको समुद्घाटन गरेका हुन् । उक्त मन्दिर परिसरमा समय, मिति र तापक्रममापक डिजिटल डिस्प्ले बोर्डपनि राखिएको छ ।

यो सहयोगका लागि कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपक केसीले रोटरी परिवारलाइ धन्यबाद दिए । स्थानीय सरकार समुदाय सँगको साझेदारीमा सहकार्य गर्न सधै तत्पर रहेको जनाउँदै उनले आगामी दिनमा समेत यस्ता सार्वजनिक हितका कामले निरन्तरता पाउने बताए । खुल्ला र आराम गर्ने ठाउँ एकदमै कम रहेको काठमाडौंमा यस्ता कार्यले वडाबासीहरुको मन भुलाउनुका साथै वातावरण राम्रो बनाउन सहयोग पुग्ने उनको भनाई थियो ।

रोटरी भनेकै समाज र समुदायका हितका लागि खडा संस्था भएको गभर्नर जोशीले बताए । यसरी समुदायको हितमा काम गर्न पाएकामा खुशी लागेको उनको धारणा थियो । बालुवाटार क्षेत्रका मन्दिर र परिसरमा सुन्दर पार्क बनाउन पाउँदा थप उत्साह थपिएको रोटरी बालुवाटारका अध्यक्ष अनुज थापाले बताए ।

यस्ता कार्यले समाजसेवा गर्न जागरुक गराउने क्लबका पूर्व अध्यक्ष बिष्णुहरि दाहालले बताए । उक्त पार्क दुर्गेश न्यौपानेको संयोजकत्वमा निर्माण गरिएको हो । क्लबका सचिव सुदर्शन बिडारीद्वारा संचालित कार्यक्रममा रोटरी बालुवाटारका चार्टर प्रेसिडेन्ट निगम हुमागाई, पूर्व अध्यक्षहरु बिनोद अधिकारी, जयराम सिग्देल, उपाध्यक्ष सुबिध्या खनाल दाहाल, कोषाध्यक्ष निर्मल ढकाल, सदस्य दिपेन्द्र केसी लगायत वडाबासीहरुको उपस्थिति थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested