English

पशुपतिनाथ जलहरीमा किन जोडिए कम्युनिष्ट प्रधानमन्त्री ?



डा.वासुदेव कृष्ण शास्त्री

भगवान शिवको वरिपरि जुन स्वरूप छ, त्यसलाई पार्वतीको स्वरूप मानिन्छ । शिवलिङ्गको तलको स्वरूप भनेको योनीको स्वरूप हो, जसले सृष्टिको क्रमलाई बुझाउँछ । जलहरी शक्ति र शिवको एउटा स्वरूप हो । जब शिव र शक्तिको सन्तुलन हुन्छ, तब मात्र श्रृष्टि हुन्छ भनिन्छ । भगवान शिवलाई जल चढाउँदा जल हरण हुने जुन भाग छ, त्यसलाई नै जलहरी भनिन्छ ।

भगवान पशुपतिनाथमा विशेष ६ वटा मुखहरू छन् । दक्षिणको मुखलाई अघोर तथा पश्चिमलाई सद्योजात, उत्तरलाई वामदेव, पूर्वलाई तत्पुरुष भनिन्छ । त्यस्तै, माथिको भागलाई ईसानरुद्र र तलको भागलाई अघोर विजतकाला भनिन्छ ।
शिवलिङ्ग कति प्रकारका हुन्छन् ?

स्वर्ण शिवलिङ्ग, तामाको शिवलिङ्ग, पितलको शिवलिङ्ग, माटोको शिवलिङ्ग साथसाथै फल तथा रुद्राक्षको शिवलिङ्ग। संसारमा जति पनि सृष्टि छन्, ती सबै शिवको स्वरूप हुन् ।

के थियो जलहरीको विवाद ?

भगवान शिव साक्षात् मसानमा बस्नु हुन्छ, भाङ्ग धतुरो खानु हुन्छ, भष्म धारण गर्नुहुन्छ । शिवजी आफैँमा दिव्य स्वरूप हो । त्यसैले उहाँलाई सुन चाँदी चाहिँदैन भन्ने विषयमा विवाद भएको थियो । प्राचीन स्मारकलाई असर पुग्ने गरी तोडफोड गरियो भनेर पनि विवाद भएको थियो । सर्वोच्च अदालतले पशुपतिनाथको मुख्य शिवलिङ्गमा जलहरी राख्ने काम नगर्न अन्तरिम आदेश पनि जारी गरेको हो ।

तन्त्रको बारेमा ज्ञान नभएकाहरूले मात्र त्यसको विरोध गरेका हुन् । यसको अध्यात्मिक पक्षको बारेमा नबुझ्नेले मात्र त्यस्तो भनेका हुन् । शिवलिङ्ग मात्र हैन, सुनको पूजा सामग्री बनाएर पूजा गर्दा समृद्धिको सूचक मानिन्छ । त्यसैले सुनको जलहरी लगाइनु शुभदायक मानिन्छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राखिनु अत्यन्त शुभ र लाभदायक हो ।

राजनैतिक कि आध्यात्मिक ?

पशुपतिनाथमा राखिएको सुनको जलहरीको विषयमा अहिले विवाद चलिरहेको छ । सुनको जलहरी राख्नु एकदमै राम्रो हो । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी हाल्दा त्यो झन दिव्य भएको छ । स्वर्णमय शिवलिङ्गको पूजा गर्दा सामार्थ्य प्राप्त हुन्छ, बल प्राप्त हुन्छ । जसले स्वर्णमय शिवलिङ्गको पूजा गर्छ, त्यो समृद्धशाली हुन्छ ।

धर्तीमा जति पनि मानिस छन्, ती सबै भगवान शिवको सृष्टि हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि सृष्टिकै एउटा हिस्सा हुनुहुन्छ । उहाँको पिता स्वयम् एक पण्डित हुनुहुन्छ । उहाँले कम्युनिष्ट विचारलाई स्वीकार गर्नु भयो । कसैले कांग्रेस विचारलाई त कसैले माओवादी विचारलाई पछ्याउलान् । वहाँ आध्यत्मिक हो कि हैन, धर्म र दर्शनलाई बुझ्नु भएको छ कि छैन ? पशुपतिको रहस्यलाई बुझ्नुभएको छ वा छैन भन्ने प्रश्न चाँहि बढी महत्वपूर्ण हो ।

प्रधानमन्त्री एक साधक व्यक्ति हुनुहुन्छ । उहाँ धेरै कुराको विषयमा ज्ञान राख्नु भएको छ । विश्वको राजनीति, पूर्वीय दर्शन, वेदान्त र धर्मको विषयमा पनि उहाँलाई ज्ञान छ । ‘उहाँसँग घण्टौसम्म कुराकानी भएको छ मेरो ।’ यस विषयमा अध्ययन गरेर मात्र उहाँले यो निर्णय गर्नु भएको हो । त्यसले जलहरी राख्ने विषयमा उहाँलाई मेरो साथ छ ।

जलहरीको प्रसंगमा कम्युनिष्ट प्रधानमन्त्री जोडिनु आध्यात्मिक मानिन्छ । उहाँले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने विषयमा सोच विचार गरेर तथा पशुपतिनाथको पुरानो स्वरूपलाई आँच नपुग्ने गरी सुनको जलहरी राख्ने निर्णय गर्नुभएको हो ।

(डा.वासुदेव कृष्ण शास्त्रीसँगको कुराकानीमा सुमित्रा लुईटेलले तयार पार्नुभएको रिपोर्ट)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested