English

गाँजाका १० फाइदा र ५ बेफाइदा !



गाँजाको प्रयोग चेतनाको फरक अनूभूतिका लागि गरिएको पाइन्छ । दिमाग शान्त बनाउन र कुनै दुखाई भए त्यसलाई कम गर्न पनि गाँजाको प्रयोग भइरहेको देखिन्छ ।

‘मेडिकल भ्यालु’ बोकेको आयुर्वेदिक तत्व गाँजाको नियन्त्रित र उचित मात्रामा सेवन गर्ने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । जसमध्ये यसका फाइदा निम्न प्रकारका छन् ।

१० फाइदा
१. दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
२. पाइल्स भएमा गाँजाको लेप लगाउँदा सो रोग निको हुन्छ ।
३. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
४. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ ।
५.शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रही आएको छ ।
६. नेपालमै गाँजाकै कणहरू मिसिएर उत्पादन हुने गरेको ‘रातोबरी’ औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जातीफलाडी चूर्ण’ले आन्द्रासम्बन्धि रोग निको पार्ने, ‘लक्ष्मीविलास रस’ले नाकबाट पानी बग्ने रोग निको पार्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्चरक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन ठिक ग¥थ्यो ।
७. गाँजामा भएका २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
८. आँखाको प्रेसर पनि कम हुन्छ ।
९. गाँजाले सिर्जनामा केन्द्रित हुन सहजता प्रदान गर्छ ।
१०. गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।

गाँजाको नियन्त्रित सेवनले थुप्रै फाइदा भएतापनि नियमित तथा अनियन्त्रित सेवनले प्रयोगकर्ताको स्वास्थ्य एवम जीवनमा नकारात्मक असर पनि पर्छ । गाँजा सेवनबाट हुने बेफाइदा निम्न प्रकारका छन् ।

५ बेफाइदा
१. लत लाग्ने, मुख सुख्खा हुने र निरन्तर प्रयोगले तौल कम हुँदै जान्छ ।
२. नियमित प्रयोगले निकट भविष्यमै हृदयघात निम्त्याउँछ ।
३. लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
४. गाँजामा भएको टीएचसी रसायनले चेतनामा असर गर्ने हुँदा यसले मस्तिष्क र स्नायु प्रणालीलाई क्षति गर्न सक्छ ।
५. गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested