English

कोलेस्ट्रोल नियन्त्रण गर्न खानामा के बार्ने ?



अहिले युवाहरुमा पनि उच्च कोलेस्ट्रोलको प्रभाव देखिन थालेको छ । उच्च कोलेस्ट्रोल लामो समयसम्म कुनै मानिसमा भयो भने मुटुको नलीमा जमेर यसले हृदयघात निम्ताउँछ । त्यसैगरी मस्तिष्कको रक्तनलीमा कोलेस्ट्रोल जम्मा भएर मस्तिष्कघात निम्ताउन सक्छ ।

जति दिनसम्म तपाईको रगतमा कोलेस्ट्रोलको लेबल सामान्य भन्दा बढी हुन्छ यसले निम्ताउने समस्या पनि बढ्दै जान्छ । त्यसैले प्राय जस्तो अवस्थामा कोलेस्ट्रोललाई नियन्त्रमा राख्न औषधि प्रयोग गरिन्छ । औषधि लामो समयसम्म नछुटाई चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुपर्ने मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल बताउँछन् ।

प्राय जस्तो अवस्थामा खाना नै उच्च कोलेस्ट्रोलको प्रमुख कारण मानिन्छ । हाम्रो रगतमा बढेको कालेष्ट्रोलको कारण हाम्रो खाना हो । खानामा भएको बोसोले रगतमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यदि कोही व्यक्तिले राम्ररी बुझेर खानामा नियन्त्रण गर्न सक्यो भने उसले औषधिको मात्रा घटाउन सक्छ र छोड्न पनि सक्छ । खानाको माध्यमबाट कोलेस्ट्रोल कसरी कम गर्ने भन्ने विषयमा डा. अनिलको सुझाव यस्तो छ ः

– कोलेस्ट्रोललाई बढ्न नदिन मांसाहारी खानेकुरामा नियन्त्रण गर्नुपर्छ । रातो मासु, अण्डाको पहेँलो भाग तथा अन्य मासुहरुमा पनि धेरै बोसो हुने भएकोले यस्ता मांसाहारी खानेकुरा कम खानुपर्छ ।
– बाहिरको खाना खानु हुँदैन बाहिर होटल तथा रेष्टुरेन्टमा बनेको खानाहरुमा धेरै तेलको प्रयोग भएको हुन्छ । वनस्पति घ्युको प्रयोग भएको हुन्छ, जुन मुटुको लागि एकदमै नराम्रो हुन्छ ।
– फास्टफुड, जंकफुड, प्याकेटमा राखिएको खानाले पनि कोलेस्ट्रोलको मात्रा अत्याधिक बढाउँछ । प्याकेटमा राखिएको खानालाई लामो समयसम्म टिकाउन विभिन्न केमिकलहरुको प्रयोग भएको हुन्छ त्यसले
कोलेस्ट्रोल बढाउने गर्छ । त्यसैले त्यस्ता खानेकुरा खाने बानि छ भने छोड्नु पर्छ ।

– तेलको प्रयोगमा कटौती गर्नुपर्छ । जति सकिन्छ कम तेलको प्रयोग गर्नुपर्छ, तेलमा तारेको खाना पनि खानु हुँदैन । त्यसले पनि कोलेस्ट्रोल बढाउँछ ।
– दूध तथा दूधजन्य खानेकुराहरुमा पनि फ्याटको मात्रा धेरै हुन्छ । यस्ता खानेकुराले पनि कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले दूधबाट बनेको घ्यु, बटर चिज आदिको सेवनलाई पनि घटाउँदै लानुपर्छ ।
– रेसायुक्त खानेकुराहरुको सेवन गर्नुपर्छ यसले आन्द्रामा गएर कोलेष्ट्रोलको शोषणलाई घटाउँछ र कोलेस्ट्रोलमा सुधार आउँछ । त्यसैले प्रशस्त मात्रामा फइबर भएका खानेकुरा जस्तै फलफूल, हरियो साग
शब्जीको प्रयोग गर्नुपर्छ ।

– कोलेस्ट्रोल भएका व्यक्तिहरुले मद्यपान, धुम्रपान गर्नु हुँदैन यसले शरीरमा ब्याड कोलेस्ट्रोललाई बढाउँछ र गुड कोलेस्ट्रोललाई घटाउँछ, त्यसैले यस्ता सुर्तिजन्य कुराहरुलाई खान छोड्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested