English

कोलेस्ट्रोल नियन्त्रण गर्न खानामा के बार्ने ?



अहिले युवाहरुमा पनि उच्च कोलेस्ट्रोलको प्रभाव देखिन थालेको छ । उच्च कोलेस्ट्रोल लामो समयसम्म कुनै मानिसमा भयो भने मुटुको नलीमा जमेर यसले हृदयघात निम्ताउँछ । त्यसैगरी मस्तिष्कको रक्तनलीमा कोलेस्ट्रोल जम्मा भएर मस्तिष्कघात निम्ताउन सक्छ ।

जति दिनसम्म तपाईको रगतमा कोलेस्ट्रोलको लेबल सामान्य भन्दा बढी हुन्छ यसले निम्ताउने समस्या पनि बढ्दै जान्छ । त्यसैले प्राय जस्तो अवस्थामा कोलेस्ट्रोललाई नियन्त्रमा राख्न औषधि प्रयोग गरिन्छ । औषधि लामो समयसम्म नछुटाई चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुपर्ने मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल बताउँछन् ।

प्राय जस्तो अवस्थामा खाना नै उच्च कोलेस्ट्रोलको प्रमुख कारण मानिन्छ । हाम्रो रगतमा बढेको कालेष्ट्रोलको कारण हाम्रो खाना हो । खानामा भएको बोसोले रगतमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यदि कोही व्यक्तिले राम्ररी बुझेर खानामा नियन्त्रण गर्न सक्यो भने उसले औषधिको मात्रा घटाउन सक्छ र छोड्न पनि सक्छ । खानाको माध्यमबाट कोलेस्ट्रोल कसरी कम गर्ने भन्ने विषयमा डा. अनिलको सुझाव यस्तो छ ः

– कोलेस्ट्रोललाई बढ्न नदिन मांसाहारी खानेकुरामा नियन्त्रण गर्नुपर्छ । रातो मासु, अण्डाको पहेँलो भाग तथा अन्य मासुहरुमा पनि धेरै बोसो हुने भएकोले यस्ता मांसाहारी खानेकुरा कम खानुपर्छ ।
– बाहिरको खाना खानु हुँदैन बाहिर होटल तथा रेष्टुरेन्टमा बनेको खानाहरुमा धेरै तेलको प्रयोग भएको हुन्छ । वनस्पति घ्युको प्रयोग भएको हुन्छ, जुन मुटुको लागि एकदमै नराम्रो हुन्छ ।
– फास्टफुड, जंकफुड, प्याकेटमा राखिएको खानाले पनि कोलेस्ट्रोलको मात्रा अत्याधिक बढाउँछ । प्याकेटमा राखिएको खानालाई लामो समयसम्म टिकाउन विभिन्न केमिकलहरुको प्रयोग भएको हुन्छ त्यसले
कोलेस्ट्रोल बढाउने गर्छ । त्यसैले त्यस्ता खानेकुरा खाने बानि छ भने छोड्नु पर्छ ।

– तेलको प्रयोगमा कटौती गर्नुपर्छ । जति सकिन्छ कम तेलको प्रयोग गर्नुपर्छ, तेलमा तारेको खाना पनि खानु हुँदैन । त्यसले पनि कोलेस्ट्रोल बढाउँछ ।
– दूध तथा दूधजन्य खानेकुराहरुमा पनि फ्याटको मात्रा धेरै हुन्छ । यस्ता खानेकुराले पनि कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले दूधबाट बनेको घ्यु, बटर चिज आदिको सेवनलाई पनि घटाउँदै लानुपर्छ ।
– रेसायुक्त खानेकुराहरुको सेवन गर्नुपर्छ यसले आन्द्रामा गएर कोलेष्ट्रोलको शोषणलाई घटाउँछ र कोलेस्ट्रोलमा सुधार आउँछ । त्यसैले प्रशस्त मात्रामा फइबर भएका खानेकुरा जस्तै फलफूल, हरियो साग
शब्जीको प्रयोग गर्नुपर्छ ।

– कोलेस्ट्रोल भएका व्यक्तिहरुले मद्यपान, धुम्रपान गर्नु हुँदैन यसले शरीरमा ब्याड कोलेस्ट्रोललाई बढाउँछ र गुड कोलेस्ट्रोललाई घटाउँछ, त्यसैले यस्ता सुर्तिजन्य कुराहरुलाई खान छोड्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली