English

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

डा. बास्तोला यसअघि अस्पतालको प्रवक्ताको भूमिकामा थिए । उमेरहदका कारण डा. सागरराज भण्डारीले अवकास लिएसँगै डा. बास्तोला निर्देशकमा नियुक्त भएका हुन् । डा. बास्तोला सन् २००८ यता यस अस्पतालमा कार्यरत छन् ।

आजै निर्देशकको जिम्मेवारी सम्हालेसँगै डा. बास्तोलाले यस सरुवा रोग अस्पताललाई अझै व्यवस्थित बनाएर आम नागरिकलाई सहज रुपमा उपचार पाउने गरी व्यवस्थापन गर्ने बताए । ‘अहिले महामारीको बेलामा मात्र यस अस्पतालालाई सम्झिइन्छ,’ उनले भने, ‘अब सामान्य अवस्थामा पनि आमनागरिकले सरुवा रोग अस्पताल टेकुलाई सम्झने बनाउनेछु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,