English

२ हजार १६ जनामा सङ्क्रमण, ४९१४ निको



गत २४ घण्टामा देशभर २ हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल ६ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।

४, ९१४ निको

आज ४ हजार ९१४ जना जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

३० को निधन

यस्तै गत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन् । अहिलेसम्म सङ्क्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

७३४ आइसियु र २२२ भेन्टिलेटरमा

यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ९ रहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा २ हजार ८२५ जना रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested