English

श्रीकृष्णलाई मार्ने ब्याधा को थिए ?



महाभारतको युद्ध सकिएपछि जब युधिष्ठिरको राजतीलक भइरहेको थियो, तब कौरवकी माता गान्धारीले महाभारत युद्धका लागि श्रीकृष्णलाई दोषी ठहर्याउँदै श्राप दिइन् । उनले जसरी कौरवको वंश नाश भयो, त्यसरी नै यदुवंश पनि नाश हुने श्राप दिएकी थिइन् । श्रापपछि श्रीकृष्ण द्वारिका फर्किएर यदुवंशिहरुलाई लिएर प्रभाष क्षेत्रमा गए । केही दिनपछि महाभारत युद्धको चर्चा गर्दै सात्यकि र कृतवर्माको बीचमा विवाद भयो ।

सात्यकीले रिसाएर कृतवर्माको शिर छेदन गरिदिए । जसले उनीहरुबीचमा आपसी युद्ध सुरु भयो । उनीहरु दुई समूहमा विभाजित भएर एकअर्काको संहार गर्न थाले ।

भएको थिएन यदुवंशको नाशः यो लडाईंमा श्रीकृष्णका पुत्र प्रद्युम्न र मित्र सात्यकी समेत लगभग सबै यदुवंशी मारिएका थिए । केवल बब्रु र दारुक नै जीवित थिए । जसले पछि यदुवंशलाई अघि बढाए ।

श्रीकृष्णको मृत्युको रहस्यः द्वारिकालाई उनले आफ्नो निवास स्थान बनाए र सोमनाथ नजिकस्थित प्रभास क्षेत्रमा उनले देह त्यागे । उनी आफ्नो कुलको नाश भएको देख्दा निराश थिए । त्यो बेलादेखि नै उनी प्रभास क्षेत्रमा गएर बस्न थालेका थिए । एकदिन उनी एक वृक्षको छहारीमा बसिरहेका थिए । त्यहि बेला एक ब्याधाले उनलाई हिरण जस्तो लागेर खुट्टामा तीर हाने । उक्त तीर श्रीकृष्णको पैतालामा गएर लाग्यो र यही निहुँ बनाएर उनले प्राण त्यागे ।

जनश्रुतिका अनुसार एकदिन उनी वनमा पिपलको वृक्षमुनि आराम गरिरहेका थिए । उनी त्यो बेला योगनिन्द्रामा थिए । त्यहि बेला जरा नामक एक ब्याधाले भुलवश उनलाई हरिण सम्झिएर बाण चलाए । उक्त बाण उनको पैतालामा गएर लाग्यो । र उनले आफ्नो प्राण त्याग्ने निश्चय गरे । यो पनि उनको लीला थियो ।

वानर राज बाली थिए जराः पौराणिक मान्यताका अनुसार भगवान विष्णुले त्रेता युगमा श्रीरामको अवतारमा जन्म लिनुभएको थियो । त्यो बेला रामले बालीलाई लुकेर मारेका थिए । कृष्णावतारमा भगवानले तिनै बालीलाई जरा नामको ब्याधा बनाए र आफ्नो मृत्यु चुने । जसरी बालीलाई आफूले मारेका थिए । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested