English

हङकङद्वारा ४ प्रदेशलाई ४८० थान अक्सिजन सिलिण्डर सहयोग



हङकङका दुई संस्था हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउण्डेशनले संयुक्त रुपमा ४ सय ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । यी दुई संस्थाले झन्डै १ करोड रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर नेपाललाई सहयोग गरेका हुन् ।

फाउण्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणको सिलिण्डर चार प्रदेशका लागि नेपाल पठाइएको बताए । सिलिण्डर गण्डकी प्रदेशका लागि १२५, कर्णाली प्रदेशका लागि १२५, सुदुरपश्चिम प्रदेशका लागि ११० र बागमती प्रदेशका लागि ९० थान रहेको छ ।

नेपाल आइपुगेका उक्त सिलिण्डरहरु एनआरएन कोभिड–९१९ उच्चस्तरीय कमिटी मार्फत् वितरण हुनेछन् । दोश्रो चरणमा नेपालमा थप १० देखि १२ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको संस्थापक गुरुङको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested