English

कपाललाई लामो र मुलायम कसरी बनाउने ?



लामो र स्वस्थ कपाल मन नपराउने व्यक्तिहरु प्राय कमै होलान् । कपाललाई कसरी स्वास्थ र आकर्षक बनाउने भन्ने कुरा सबैको चासोको विषय हो । कपालको हेरचाहको लागि हामीले के के कुरामा ध्यान दिनुपर्छ ? यसै विषयमा लामो समयदेखि यो क्षेत्रमा काम गर्दै आईरहेकी ब्युटिसियन निरु भट्टराईको सुझाव यस्तो छ ।

१. कपाललाई धुवाँ, धुलो जस्ता प्रदूषणबाट जोगाउने ।

२. खानपानमा विशेष ध्यान दिने सादा तथा हेल्दि खाना खाने ।

३. हरेक पटक नुहाउनु भन्दा २ घण्टा अगाडि कपालमा तेल मसाज गर्ने ।

४.कपाल वइली छ भने एक दिन बिराएर र ड्राइ छ भने हप्तामा २ पटक नुहाउनु पर्छ ।

५.कपालमा अमला र मेथिको प्याक बनाएर लगाउदा पनि कपाल मुलायम हुन्छ ।

६.कपालमा ट्रिटमेन्ट क्रिम तथा कन्डिसनरको प्रयोग गर्नाले पनि कपाललाई हेल्दि बनाउन मद्दत गर्छ ।

७.यदि कपाल फुल्ने समस्या छ भने एलोभेराको पेस्ट लगाउने यसले कपाल फुल्ने तथा टुक्रने समस्यालाई कम गर्दै जान्छ ।

८.चिसो कपालमा पटक पटक काँइयो वा ब्रसको प्रयोग नगर्ने यसले धेरै मात्रामा कपाल झर्ने समस्या हुनसक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,