English

भगवान श्रीरामको निधन कसरी भयो ?



बनबासपछि अयोध्या गएर भगवान श्रीरामले केही वर्ष शासन गरे । त्यसपछि त्यसपछि उनलाई गुरु वशिष्ठले उनलाई संसारबाट मुक्त हुने बेला आएको बताए । एक घटनापछि उनले सरयू नदीमा जल समाधि लिएका थिए । अश्विन पूर्णिमाको दिन मर्यादा पुरुषोत्तम रामले अयोध्या नजिक रहेको सरयू नदीमा जल समाधि लिएर प्राण त्यागे । श्रीरामले सबैको उपस्थितीमा व्रह्म मुहूर्तमा भरत, शत्रुघ्न, उर्मिला, माण्डवी र श्रुतिकीर्तिसँगै प्राण त्यागे ।

किन लिए जल समाधि ?

यमराजलाई यो थाहा थियो की? श्रीरामको इच्छाबिना कसनै पनि कुराको सम्भव छैन । त्यसैले यमराजले एउटा चाल चले । उनी एउटा विषय लिएर रामसँग कुरा गर्नका लागि गए । रामले कारण बुझ्दा यमराजले आवश्यक कुरा गर्नुपर्ने बताए । त्यसपछि रामले उनलाई आफ्नो कोठामा लगे । यमराजले रामलाई भने यदि कोही पनि हामीले गफ गर्दागर्दै कोठामा आयो भने त्यसलाई मृत्युदण्ड दिइनुपर्छ । यमराजको यो वचनपछि रामले आफ्ना आज्ञाकारी भाई लक्ष्मणलाई कसैलाई कोठामा प्रवेश गर्न नदिनु भन्दै कोठामा पसे । त्यहि बेला दुर्वासा ऋषिले लक्ष्मणलाई मलाई अहिले नै श्रीरामसँग भेट गर्नुछ भेटाइदेउ भने ।

लक्ष्मणले भित्र जान नमिल्ने कुरा सुनाउँदा उनले अयोध्या नष्ट हुने श्राप दिने भन्दै लक्ष्मणलाई श्राप दिन खोजे । त्यसपछि लक्ष्मण आफू भन्दा राज्य ठूलो हो भन्दै कोठामा पसे । रामले लक्ष्मण नै कोठमा आएको देखेपछि आश्चर्यचकित भए । रामले किन आयौ भन्दा उनले दुर्वासा ऋषिको कुरा बताए । यमराजसँगको कुरापछि राम दुर्वासा ऋषिलाई भेट्न गए । तर त्यो बेलासम्म यमराज आफ्नो कार्यमा सफल भइसकेका थिए । यमराजले वचनानुसार लक्ष्मणलाई मृत्युदण्ड दिन रामसँग आग्रह गरे ।

त्यसपछि उनले गुरु वशिष्ठसँग यसबारेमा कुरा गरे । ऋषि वशिष्ठले आफन्तको त्याग मृत्युदण्ड समान भएकोले लक्ष्मणलाई आफूबाट टाढा राख्न सल्लाह दिए । त्यसपछि लक्ष्मणले रामलाई प्रणाम गरेर सरयू नदीमा शेषनाग भएर विलिन भए । त्यसपछि आफ्नो पनि समय सकिएको भान भयो र रामले पनि सरयू नदीमै आफ्नो जलसमाधिबाट प्राण त्याग गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती