English

घर भित्रबाट सीमा रेखा बनाइएको संसारकै अनौठो बोर्डर !



सीमाको विषयलाई लिएर छिमेकी देशहरुबीच ठूलो विवाद हुन्छ । यतिसम्म की सीमाकै कारण युद्ध समेत भएका छन् । जसमा लाखौँ मानिसको मृत्यु भएको छ भने अर्बौं सम्पत्ती नष्ट भएको छ । यसैबीच युरोपमा भनेँ एउटा यस्तो बोर्डर पनि छ, जहाँका मानिस एक देशमा खाजा बनाउँछन् र अर्को देशमा गएर खान्छन् ।

बार्ले बॉर्डर

यो बोर्डर बार्लेमा रहेको छ । बार्ले सहर दुई देशको सीमाको बीचमा छ । यो नेदरल्याण्ड र बेल्जियमको सीमामा छ । त्यहाँ रहेका अधिकांश सामुदायिक भवन र क्याफे हाउसको आधा भाग नेदरल्याण्डमा छ भने आधा भाग बेल्जियममा छ । नेदरल्याण्डमा भएको आधा भागलाई नासायु भनिन्छ भनेँ, बेल्जियममा भएकोलाई हेरटोग भनिन्छ ।

बार्ले बॉर्डर

दुवै देशको बीचमा रहेको सीमा रेखालाई एउटा सेतो क्रस बनाएर चिन्हाइएको छ । कतै त देशको सीमारेखा घर भित्र भएर पनि गएको छ । १८३० मा नेदरल्याण्डबाट छुट्टिएर बेल्जियम एक नयाँ देश बन्यो, त्यसबेला नै सीमाको निर्धारण सुरु भएको थियो ।

बार्ले बॉर्डर

सीमा रेखामा भएका घरको ढोका जुन देशतिर फर्किएर खुल्छ, उनीहरुलाई उक्त देशको नागरिकता दिने गरी सीमाङ्कन गरिएको थियो । यो सहरमा हरेक कुरा दुई वटा छन् । यो सहरको दुईवटा नाम छ । दुई नगरपालिका छन्, तर यसलाई नियन्त्रण भने एउटै समितिले गर्दछ ।

बार्ले बॉर्डर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested