English

श्री कृष्णका मातापिताको निधन कसरी भयो ?



मौसुल युद्धका कारण श्रीकृष्णको कुल नाशियो । त्यसपछि उनी प्रभाष क्षेत्रमा एक वृक्षको मुनि बसे र विश्राम गरे । त्यहि बेला एक शिकारीले तीन हाने, उक्त तीर श्रीकृष्णको पैतालकामा लाग्यो र उनले त्यहि निहुँ बनाएर प्राण त्याग गरे । बलराम पनि समुन्द्रमा गएर समाधीन भए । यो पनि भनिन्छ कि, श्रीकृष्णले प्रभाष क्षेत्रमा प्रवेश गर्दा बलरामलाई मृत देखेका थिए ।

श्रीकृष्णको निधनपछि उनका पिता वसुदेवले पनि दोश्रो दिन प्राण त्याग गरे । हस्तिनापुरबाट आएर अर्जुनले श्रीकृष्णको श्राद्ध गरे । रुक्मिणी, हेमवती आदि श्रीकृष्णका पत्नीहरु सती गए । सत्यभामा र अन्य पत्नीहरु वनमा तपस्या गर्न गए । पुरुषमा यदुवंशमा पनाती वज्रनाभ र श्रीकृष्णका पिता वसुदेव जीवित थिए । केही स्त्री गर्भवती थिए ।

यी सबै कुरा अर्जुनले आफ्ना मामा वसुदेवलाई सुनाएपछि वसुदेवले यी सबै स्त्री द्वारिकाबाहिर लिएर जान भने । त्यसपछि श्रीकृष्णले भनेको द्वारिका गंगामा विलिन हुने कुरा बताए । त्यसपछि उनले अब आफ्नो पनि अन्तिम समय आएको र तिमीले नै अन्तिम संस्कार गर्नु भनेर वसुदेव परमधाम भए । वसुदेवका पनि ४ पत्नी थिए ।

देवकी, भद्रा, रोहिणी र मदिरा । उनको अन्तिमसंस्कार गर्दा चित्तामा गएर सबै पत्नी बसे । अजर्सन यो दृश्य देखेर भावविह्वल भए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती