English

मोटोपन घटाउने ५ सरल उपाय



आधुनिक जीवन शैलीमा मोटोपन आम समस्या बनिरहेको छ । मोटोपन आफैँमा एउटा रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौँ रोगले घर बनाउन थाल्छन् । अस्वभाविक रुपमा शरीरमा अत्याधिकक बोसो जमेपछि विभिन्न रोगहरुले सताउन थाल्छ । चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटको समस्या, हार्मेनहरुको समस्या जस्ता रोगहरुको कारक मोटोपनलाई मानेको छ । त्यसैले तौल नियन्त्रण गर्न सके विभिन्न रोगबाट बच्न सकिन्छ ।

मोटोपना कसरी घटाउने भन्ने विषयमा नर्भिक इन्टरनेशनल अस्पतालकी डायटिसियन डा. प्रनीति सिंहको सुझाव यस्तो छ:

थोरै-थोरै गरी खाना खाने

यदि दिनमा तीनपटक खाना खाने बानी छ भने अलि रुटिन परिवर्तन गर्नुपर्छ । सुन्दा अचम्म लाग्न सक्छ । दिनमा तीनपटक नभएर कम्तीमा ६ पटक थोरै-थोरै गरी खाना खाँदा पनि तौल घट्न सक्छ । धेरै खाना खाँदा तौल बढ्ने सुनिएको हो । तर, दिनभरि धेरैपटक खाना खाँदा शरीरमा थप खाना बहन गर्न सक्दैन । यस्तो अवस्थामा बिल्कुलै खाना खान मन नपराउँदा पछि भोक नै लाग्दैन । बिस्तारै क्यालोरी घट्दै जान्छ ।

प्रशस्त पानी पिउने

पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ । महिलाहरुले २ देखि ३ लिटर पानी खान सक्छन् भने पुरुषहरुले ३ देखि ४ लिटर पानी पिउनु पर्छ । खाना खानु एक घण्टाअघि सधैँ पानी पिउनुपर्छ । खानाअघि पानी पिउँदा धेरै खाना खान मन लाग्दैन । पानीले नै पेट भरिएको हुन्छ । पेट भरेको अवस्थामा खाना रुच्दैन । जसले पनि तौल घटाउन मद्दत गर्छ ।

हिँडाइको गती बढाउने

दिनमा जति बढी हिडिन्छ त्यति नै क्यालोरी घट्दै जान्छ । धेरैजसो मानिसहरु शरीरको तौल घटाउन दुई घण्टा जिमखाना जाने र उठ्नेबित्तिकै आधा वा एक घण्टा हिँड्ने गर्छन् । यो तौल घटाउने सही योजना होइन । सामान्य तरिकाले पनि तौल घटाउन सकिन्छ । जस्तो अफिस वा कुनै कार्यालयमा जाँदा लिफ्ट वा विद्युतीय भ-याङ सकेसम्म प्रयोग नगर्ने । आफू जुन तलामा जाने हो, त्यहाँसम्म हिँडेर जाने राम्रो उपाय हो । यस किसिमको काम नियमित गरिरहँदा थाहा नपाई नै क्यालोरी घट्ने गर्छ ।

सही समयमा सुत्ने र उठ्ने

बेलुका सुत्ने र बिहान उठ्ने तालिका एकैनासको हुँदा पनि तौल घट्छ । निन्द्रा नपुगेको अवस्थामा अल्छि भइन्छ । त्यसबेला खाना खान मन लाग्दैन । शरीरमा खाना पर्याप्त नहुँदा थकित बनाउँछ । सही समयमा निदाउने र उठ्ने बानी गरेका व्यक्तिको खाना पनि रुच्ने र क्यालोरी पनि एकनासको बनिरहन्छ  । यो तालिका नियमित अपनाउँदा शरीरको तौल बिस्तारै घट्छ ।

हरियो सागपात र फलफूलको बढी प्रयोग

बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एकपटक पूर्ण शुद्धीकरण गर्नुपर्छ । शरीर शोधनको लागि सागपात एवं फलफूल धरै खानुपर्छ । सागपात एवं फलफूलमा प्रसस्त मात्रामा फाइबर हुने भएकोले थाहै नपाई बिस्तारै शरीरको तौल घट्दै जान्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली