English

महादेवको त्रिनेत्र ! के हो रहस्य ? कुनबेला खुल्छ तेश्रो आँखा ?

शिव नै एक रहस्यमय !


प्रा. रुपक अधिकारी

सृष्टिको क्रममा तीन वटा देवता ब्रह्मा, विष्णु र महेश्वर (शिव) माथिल्लो तहका देवतालाई लिने गरिन्छ । यसमा व्रह्माले सृष्टि गर्ने, विष्णुले सृष्टिको अर्थात् पृथ्वीको पालन, पोषण वा संरक्षण गर्ने र महेश्वरले प्रलय वा अन्त्य गर्ने हुन्छ । संसारको प्रमुख शक्ति एउटै हो तर नाम र कामले विभाजन गरेर यी देवतालाई हेरिन्छ । यी तीनकोटी देवतालाई एउटै नामले चिनिन्छ, त्रिमूर्ति देवता भनेर । त्रिमूर्ति देवता अर्थात् खासमा शिवलाई नै त्रिमूर्ति देवता भनिन्छ ।

हाम्रो प्रकृतिको तीन वटा अवस्था हुन्छन् । एउटा सृष्टि, अर्को मध्यम अवस्था र अन्त्य । संसारमा जन्मिसकेपछि हरेक कुराको अन्त्य हुने शास्वत नियम हो । त्यो नियमलाई नियमित गराउने क्रममा प्रलय/विध्वंस/लय गर्ने कार्यक्षेत्र शिवजीको हो ।

त्रिनेत्रको अर्थ

शिवजीलाई त्रिनेत्रधारी देव भनिन्छ । शिवजीको तेस्रो नेत्र गुप्त नेत्र हो । जसलाई ज्ञान चक्षुः भन्छौँ । दुईवटा आँखा कर्म चक्षुः हुन्, जसले संसारको दृश्यलाई हेरेर मस्तिष्कसम्म लिएर जाने काम गर्छ । मस्तिष्कमा गएका दृश्यलाई कुन राम्रो, कुन नराम्रो सही गलत छुट्याउने तेस्रो आँखा हो । जसलाई ज्ञान चक्षुः भनिन्छ ।

हामी सामान्य मान्छेको ज्ञान चक्षुः देखाइएको छैन । शिवजीको भने देखाइएको छ । शिवको तेस्रो नेत्रको अर्थ आगो बुझिन्छ, जसले संसारको अन्त्य गर्ने वा प्रलय गर्ने समयमा शिवजीको तेस्रो नेत्र खुल्छ ।

शिवजीका नेत्रलाई प्रकृति निर्माणमा सत्व, रज, तम गरी तीन वटा गुणको रूपमा लिन सकिन्छ, जसमा सत्वको अर्थ कुनै फल अथवा मान–सम्मानको अपेक्षा अथवा स्वार्थ बिना समाजको सेवा गर्दछ । रजको अर्थ स्वयमको लाभ तथा कार्यसिद्धिको लागि बाँच्ने र तमको अर्थ अर्कालाई अथवा समाजलाई हानी पुर्याएर स्वयमको स्वार्थ सिद्धि गर्ने हुन्छ ।

शिवजीका त्रिनेत्रमा स्वर्ग, मर्त्य र पाताल गरी त्रिलोकको परिकल्पना गरिएको छ । त्यति मात्र नभई संसारमा जति पनि तीन वटा तत्वहरू छन्, ती सबै शिवको त्रिनेत्रको संकेत गरिएको बुझिन्छ । शिव रिसाएको अवस्थाको रूपलाई रुद्र भनिन्छ । रुद्र स्वरूप भन्नाले शिवको तेस्रो स्वरूप वा तेस्रो आँखा भनेर बुझिन्छ ।

शिवजीका रहस्य

शिवजीको शक्ति अन्य देवताभन्दा विपरित भएकाले शिव भन्नु नै एउटा रहस्य हो । हामीले अन्य देवीदेवताको मूर्ति वा तस्वीरमा पूजा गर्छौं तर शिवको मूर्तिमा पूजा नगरी शिवलिङ्गमा पूजा गर्नु एउटा रहस्यमय हो । त्यसैगरी शिवजीको नेत्रमा आगो र शिरमा गंगाजी हुनु वा आगो र पानी एकै ठाउँमा हुनु विपरित हो । शिवजीको शिरमा चन्द्रमा छ, जसकारणले शशिधर भनेर शिवलाई भनिन्छ । शिवजीको घाँटीमा विषले गर्दा नीलो छ । तै पनि घाँटी र हातमा नागकै माला वा हार लगाउनु रहस्यमय हो । बाघको छाला लगाउने, भष्म लेपन गर्ने, साँढेलाई बाहन बनाएर हिँड्ने, नन्दी, भृंगी लगायत हामी जुन कुराबाट डराउँछौ जस्तै भूतप्रेत त्यस्तालाई सँगै लिएर हिँड्ने र श्मशानमा रमाएर हिँड्ने भएकाले शिव नै एक रहस्यमय हुन् ।

शिवजीले बोकेका त्रिशूलको तीनवटा शूल छ । तीनवटा शूल शिवजीको अयुज अर्थात् हतियर हो, जसको अर्थ सृष्टि, स्थिति र लय हो । यी तीन तत्वलाई नियमन गर्ने संकेत हो ।

को–कसको त्रिनेत्र छ ?

शास्त्रअनुसार संसारमा भएका सबै जीवको त्रिनेत्र छन् तर देखिँदैन । दुइटा आँखा कर्म चक्षुः हुन्, जसले संसारको दृश्यलाई हेरेर मस्तिष्कसम्म लिएर जाने काम गर्छ । मस्तिष्कमा गएका दृश्यलाई कुन राम्रो, कुन नराम्रो सही गलत छुट्याउने तेस्रो आँखा हो, जसलाई ज्ञान चक्षुः भनिन्छ । त्रिनेत्र देखिएको देवता शिवजी हुन् । शास्त्रअनुसार शिवका जस्ता त्रिनेत्र अरु देवीदेवताको नभएको उल्लेख छ । तर महादेवकी अर्धाङ्गिनी/पत्नी पार्वती वा महाकालीमा तीन वटा आँखाको परिकल्पना गरिएको छ ।

प्रस्तुति : सरिता थारु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested