महादेवको त्रिनेत्र ! के हो रहस्य ? कुनबेला खुल्छ तेश्रो आँखा ?

शिव नै एक रहस्यमय !


प्रा. रुपक अधिकारी

सृष्टिको क्रममा तीन वटा देवता ब्रह्मा, विष्णु र महेश्वर (शिव) माथिल्लो तहका देवतालाई लिने गरिन्छ । यसमा व्रह्माले सृष्टि गर्ने, विष्णुले सृष्टिको अर्थात् पृथ्वीको पालन, पोषण वा संरक्षण गर्ने र महेश्वरले प्रलय वा अन्त्य गर्ने हुन्छ । संसारको प्रमुख शक्ति एउटै हो तर नाम र कामले विभाजन गरेर यी देवतालाई हेरिन्छ । यी तीनकोटी देवतालाई एउटै नामले चिनिन्छ, त्रिमूर्ति देवता भनेर । त्रिमूर्ति देवता अर्थात् खासमा शिवलाई नै त्रिमूर्ति देवता भनिन्छ ।

हाम्रो प्रकृतिको तीन वटा अवस्था हुन्छन् । एउटा सृष्टि, अर्को मध्यम अवस्था र अन्त्य । संसारमा जन्मिसकेपछि हरेक कुराको अन्त्य हुने शास्वत नियम हो । त्यो नियमलाई नियमित गराउने क्रममा प्रलय/विध्वंस/लय गर्ने कार्यक्षेत्र शिवजीको हो ।

त्रिनेत्रको अर्थ

शिवजीलाई त्रिनेत्रधारी देव भनिन्छ । शिवजीको तेस्रो नेत्र गुप्त नेत्र हो । जसलाई ज्ञान चक्षुः भन्छौँ । दुईवटा आँखा कर्म चक्षुः हुन्, जसले संसारको दृश्यलाई हेरेर मस्तिष्कसम्म लिएर जाने काम गर्छ । मस्तिष्कमा गएका दृश्यलाई कुन राम्रो, कुन नराम्रो सही गलत छुट्याउने तेस्रो आँखा हो । जसलाई ज्ञान चक्षुः भनिन्छ ।

हामी सामान्य मान्छेको ज्ञान चक्षुः देखाइएको छैन । शिवजीको भने देखाइएको छ । शिवको तेस्रो नेत्रको अर्थ आगो बुझिन्छ, जसले संसारको अन्त्य गर्ने वा प्रलय गर्ने समयमा शिवजीको तेस्रो नेत्र खुल्छ ।

शिवजीका नेत्रलाई प्रकृति निर्माणमा सत्व, रज, तम गरी तीन वटा गुणको रूपमा लिन सकिन्छ, जसमा सत्वको अर्थ कुनै फल अथवा मान–सम्मानको अपेक्षा अथवा स्वार्थ बिना समाजको सेवा गर्दछ । रजको अर्थ स्वयमको लाभ तथा कार्यसिद्धिको लागि बाँच्ने र तमको अर्थ अर्कालाई अथवा समाजलाई हानी पुर्याएर स्वयमको स्वार्थ सिद्धि गर्ने हुन्छ ।

शिवजीका त्रिनेत्रमा स्वर्ग, मर्त्य र पाताल गरी त्रिलोकको परिकल्पना गरिएको छ । त्यति मात्र नभई संसारमा जति पनि तीन वटा तत्वहरू छन्, ती सबै शिवको त्रिनेत्रको संकेत गरिएको बुझिन्छ । शिव रिसाएको अवस्थाको रूपलाई रुद्र भनिन्छ । रुद्र स्वरूप भन्नाले शिवको तेस्रो स्वरूप वा तेस्रो आँखा भनेर बुझिन्छ ।

शिवजीका रहस्य

शिवजीको शक्ति अन्य देवताभन्दा विपरित भएकाले शिव भन्नु नै एउटा रहस्य हो । हामीले अन्य देवीदेवताको मूर्ति वा तस्वीरमा पूजा गर्छौं तर शिवको मूर्तिमा पूजा नगरी शिवलिङ्गमा पूजा गर्नु एउटा रहस्यमय हो । त्यसैगरी शिवजीको नेत्रमा आगो र शिरमा गंगाजी हुनु वा आगो र पानी एकै ठाउँमा हुनु विपरित हो । शिवजीको शिरमा चन्द्रमा छ, जसकारणले शशिधर भनेर शिवलाई भनिन्छ । शिवजीको घाँटीमा विषले गर्दा नीलो छ । तै पनि घाँटी र हातमा नागकै माला वा हार लगाउनु रहस्यमय हो । बाघको छाला लगाउने, भष्म लेपन गर्ने, साँढेलाई बाहन बनाएर हिँड्ने, नन्दी, भृंगी लगायत हामी जुन कुराबाट डराउँछौ जस्तै भूतप्रेत त्यस्तालाई सँगै लिएर हिँड्ने र श्मशानमा रमाएर हिँड्ने भएकाले शिव नै एक रहस्यमय हुन् ।

शिवजीले बोकेका त्रिशूलको तीनवटा शूल छ । तीनवटा शूल शिवजीको अयुज अर्थात् हतियर हो, जसको अर्थ सृष्टि, स्थिति र लय हो । यी तीन तत्वलाई नियमन गर्ने संकेत हो ।

को–कसको त्रिनेत्र छ ?

शास्त्रअनुसार संसारमा भएका सबै जीवको त्रिनेत्र छन् तर देखिँदैन । दुइटा आँखा कर्म चक्षुः हुन्, जसले संसारको दृश्यलाई हेरेर मस्तिष्कसम्म लिएर जाने काम गर्छ । मस्तिष्कमा गएका दृश्यलाई कुन राम्रो, कुन नराम्रो सही गलत छुट्याउने तेस्रो आँखा हो, जसलाई ज्ञान चक्षुः भनिन्छ । त्रिनेत्र देखिएको देवता शिवजी हुन् । शास्त्रअनुसार शिवका जस्ता त्रिनेत्र अरु देवीदेवताको नभएको उल्लेख छ । तर महादेवकी अर्धाङ्गिनी/पत्नी पार्वती वा महाकालीमा तीन वटा आँखाको परिकल्पना गरिएको छ ।

प्रस्तुति : सरिता थारु



...
AnGepay

7 mm Hg was observed in the control group levitra tratamiento

...
Grainok

buy cialis generic A one way analysis of variance ANOVA was used for testing the overall group differences

...
Borunsurn

One effective way to remind yourself of how bountiful your life is, is to keep a written gratitude journal cialis vs viagra In the case, the volumes are defined in a Cloudformation template, it s only required to change the VolumeType parameter as described here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा