English

एकैदिन ३६६० जनाले जिते कोरोना



नेपालमा एकैदिन ३ हजार ६ सय ६० जना कोरोना जितेका छन् भने २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ । यो कुल संक्रमितको ८९.३ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा थप ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

नेपालमा हाल ५३ हजार ७ सय ३३ जना होम आइसोलेसन र ३ हजार ८ सय ८५ जना संस्थागत आइसोलेसनमा छन् । यी मध्ये ८ सय ७४ जनाको आईसियु र २ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ६ सय ९६ वटा नमूना परीक्षण भएको छ । जसमध्ये, पीसीआर विधीबाट ७ हजार १० र एन्टिजेन विधिबाट ४ हजार ६ सय ८६ नमूना परीक्षण भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested