English

यसरी बनाउनुहोस् चिकेन छोइला



नेवारी समुदायको मासुको परिकार मध्ये एक हो छोइला । छोइलाको टिपिकल अर्थ भनेको ‘छुयुः ला’ अर्थात् पोलेको मासु भन्ने हुन्छ । काँचो मासुलाई पोलेर मात्रै तयार गरिने भएकाले यसलाई छोइला भनिएको हो ।

यसलाई नेवारी समुदायमा चिउरासँग खाने गरिन्छ । तपाईले घरमा यसरी बनाएर खान सक्नु हुन्छ ।

आवश्यक सामाग्री

– आधा किलो फल मासु


– लसुन र अदुवाको पेस्ट


– दुई चम्चा रातो खुर्सानीको धुलो


– ५ देखि ६ दाना टिमुरको धुलो

– एक चम्चा मेथिको दाना

– बेसार,नुन आवश्यक अनुसार

– तोरीको तेल आवश्यक अनुसार

– मसिनो गरी काटेको हरियो लसुन र धनियाँ

बनाउने विधि

–लामो गरी काटेको काँचो मासु सुइरो (मासु पोल्न प्रयोग गरिने फलामको सुइरो) मा खोप्ने ।

–सुइरोमा खोपेको मासु परालको आगोमा राम्रोसँग पोल्ने ।

–पोलेको मासु आवश्यक अनुसार टुक्रा–टुक्रा बनाएर काट्ने ।

–काटेको मासु, मसलाहरु लसुन र अदुवाको पेस्ट, रातो खुर्सानीको धुलो, मसिनो गरी काटेको लसुन र धनियाँ , टिमुरको धुलो एक भाँडामा राख्ने

–तोरीको तेलमा मेथि पड्काउने र बेसार पकाएर मोल्ने ।

–यसरी तपार्इंलाई मन पर्ने मासुको छोइला बनाउन सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested