English

खोप उपलब्ध नगराए हड्ताल गर्ने अखिल नेपाल औद्योगिक मजदूर संघको चेतावनी



अखिल नेपाल औद्योगिक मजदूर संघ बालाजुले औद्योगिक क्षेत्र बालाजु भित्र रहेका उद्योगहरु अपेक्षाकृत रुपमा बढी मात्रामा सञ्चालनमा आएको र त्यहाँ काम गर्ने मजदूरहरुले स्वास्थ्यका मापदण्डको पालना नगरेको भन्दै आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मजदूर संघले कोरोनाको प्रथम चरणको लकडाउनको समयमा भन्दा दोश्रो निषेधाज्ञाको समयमा यस क्षेत्रभित्र रहेका उद्योगहरु अपेक्षाकृत रुपमा धेरै सञ्चालनमा आएको र त्यहाँ काम गर्ने मजदूरहरु पनि टाढाबाट हिँडेर आउने भएको तर स्वास्थ्यका मापदण्ड पालना नगर्ने पाइएकोले अग्रपंक्तिमा काम गर्ने मजदूरहरुलाई खोपको व्यवस्था गरिदिन अनुरोध गरेको हो ।

आफ्नो विज्ञप्तीमा संघले बालाजु उद्योग विकास संघलाई छिमेकी राष्ट्र भारतबाट पनि उद्योगमा काम गर्न आउने मानिस रहेको र त्यहाँ काम गर्ने श्रमीकहरुलाई कोरोना खोप अनिवार्य उपलब्ध गराउने पहल गरिदिन अनुरोध गरेको छ ।

ज्ञापन पत्रमा यस बारेमा बारम्बार कुरा गरेपनि सरोकार वाला निकायले कुनै चासो नदेखाएको संघको गुनासो छ । त्यस्तै संघले यदि १५ दिन भित्र मजदूरलाई खोप उपलब्ध नगराए बाध्य भएर सामुहिक हढ्ताल गर्ने चेतावनी दिएको छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम