‘रोगबाट आफैँ जोगिनुस्, भोकबाट हामी जोगाउँछौँ’



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफैँ जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ ।

आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिनुभयो । उहाँले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताए।

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराएका छन् । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ ।

अध्यक्ष विजीले कलाकार काठमाडौंमा रहेकाले यहाँबाट अभियान शुरुवात गरे पनि जिल्लाजिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताए । ‘सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ’, उनले भने, ‘समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।’ प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको