English

कसले गर्यो ज्ञानेन्द्र शाहीको टोलीमाथि कुटपिट ?



सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलिमाथि कुटपिट भएको छ । राहत बाँड्न भन्दै सुर्खेत पुगेका शाहीको टिममाथि शुक्रवार राती स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । शाहीले भने आफू राहत बाँडेर फर्किंदै गर्दा आक्रमणमा परेको बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्ट भने आक्रमण नभएर कुटपिट भएको बताउँछन् ।

उनको टिममा राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं लगायतको टिम रहेको थियो । घटना हिजो (शुक्रवार) राती १० बजेतिर वीरेन्द्र नगरको करेखोलामा आक्रमण भएको हो ।

के थियो कारण ?

एसपी भट्टका अनुसार लेभर काम गर्ने युवाहरुको समूह र शाहीको टीममाथि भनाभन भएपछि कुटपिट भएको हो ।

‘लेभर काम गर्ने केटाहरु थिए, उनीहरु र मोटरसाइकलमा चढेर आएका शाहीको टिममाथि सुरुमा भनाभन भएछ’, उनले भने, ‘मोटरसाइकल चढेर आएकाले हेल्मेटले हानेपछि स्थानीय केटाहरुले गाउँलेलाई बोलाए, त्यसपछि धेरै जना त भागिसेकछन्, बाँकि रहेका गाडी ड्राइभर र पाँच जनालाई गाउँलेले कुटपिट गरेछन् ।’

ज्ञानेन्द्र शाहीको टिममा पहिला १०, ११ जनाको टीम रहेको र पुलिस पुग्दा भनेँ ५ जना मात्रै रहेको एसपी भट्ट बताउँछन् । अहिले घाईतेको उपचार भइरहेको र घटनामा संलग्न ५ जनालाई अनुसन्धानका लागि राखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested