English

कसले गर्यो ज्ञानेन्द्र शाहीको टोलीमाथि कुटपिट ?



सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलिमाथि कुटपिट भएको छ । राहत बाँड्न भन्दै सुर्खेत पुगेका शाहीको टिममाथि शुक्रवार राती स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । शाहीले भने आफू राहत बाँडेर फर्किंदै गर्दा आक्रमणमा परेको बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्ट भने आक्रमण नभएर कुटपिट भएको बताउँछन् ।

उनको टिममा राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं लगायतको टिम रहेको थियो । घटना हिजो (शुक्रवार) राती १० बजेतिर वीरेन्द्र नगरको करेखोलामा आक्रमण भएको हो ।

के थियो कारण ?

एसपी भट्टका अनुसार लेभर काम गर्ने युवाहरुको समूह र शाहीको टीममाथि भनाभन भएपछि कुटपिट भएको हो ।

‘लेभर काम गर्ने केटाहरु थिए, उनीहरु र मोटरसाइकलमा चढेर आएका शाहीको टिममाथि सुरुमा भनाभन भएछ’, उनले भने, ‘मोटरसाइकल चढेर आएकाले हेल्मेटले हानेपछि स्थानीय केटाहरुले गाउँलेलाई बोलाए, त्यसपछि धेरै जना त भागिसेकछन्, बाँकि रहेका गाडी ड्राइभर र पाँच जनालाई गाउँलेले कुटपिट गरेछन् ।’

ज्ञानेन्द्र शाहीको टिममा पहिला १०, ११ जनाको टीम रहेको र पुलिस पुग्दा भनेँ ५ जना मात्रै रहेको एसपी भट्ट बताउँछन् । अहिले घाईतेको उपचार भइरहेको र घटनामा संलग्न ५ जनालाई अनुसन्धानका लागि राखिएको छ ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested