नायिका सुस्मा कार्कीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नायिका सुस्मा कार्कीलाई पुस्तक पढ्न धेरै मन लाग्छ । अझ निषेधाज्ञाको फुर्सदको यो बेला उनलाई पुस्तक पढ्ने समय पर्याप्त भएको छ । उनलाई अन्य रचनात्ममक कार्य गर्न पनि धेरै मन पर्छ । तपाई पनि यदि निषेधाज्ञाको यो बेला फुर्सदमा हुनुहुन्छ र के गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने पुस्तकहरु पढेर समय व्यतित गर्न सक्नुहुन्छ ।

नायिका सुस्मा कार्कीलाई मन पर्ने तीन पुस्तकः
श्रीमद्भगवतगीता

मैले पढेका पुस्तकहरुमा तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा श्रीमद्भगवतगीता पर्छ । यो पुस्तक पढेर मैले जीवन दर्शन के हो यसलाई कसरी सरल बनाउने भन्ने कुरा बुझेकी छु । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा देखाइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । यो पुस्तक एक पटक पढ्दा एउटा नयाँ कुरा सिकिन्छ भने अर्को पटक पढ्दा अर्को नयाँ कुरा सिक्न पाइन्छ । त्यसैले पनि यो पुस्तक सबैले एकपटक पढ्नैपर्छ ।

वेद

दोस्रो नम्बरमा वेदलाई लिन्छु । वेदमा जीवनमा लागू हुने सबै कुरा छ । हामी कहाँबाट आएका हौ कहाँ जानु छ र हामी के हौँ भन्ने कुरा बझ्न यो पुस्तक सबैले पढ्नै पर्छ ।

गरुड पुराण

यो गरुड पुराण घरमा राख्न हुँदैन, छोरी मान्छेले पढ्न हुँदैन भनिन्छ । मृतकको घरमा १३ दिनसम्म यो किताव पढिन्छ । पण्डितले ल्याएर पढेर फेरि फिर्ता लग्ने चलन हुन्छ । तर, यस पुस्तकमा भएको ३/४ वटा अध्याय पण्डितले पढ्न छुटाउँदा रहेछन् । मानिस जीवित हुँदा नै उसको सेवा गर्नुपर्छ मृत्यु पछि दिइएको कुराहरु उसले केही पनि पाउँदैन भनेर पुस्तकमा भनिएको छ । मैले पढेका मध्ये यो पनि एउटा उत्कृष्ट पुस्तक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक