English

नादा समाज हङकङद्धारा फुटबलर त्रिदेव गुरुङलाई २ लाख सहयोग



नादा समाज हङकङले राष्ट्रिय फुटबल टोलीका खेलाडी त्रिदेव गुरुङलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । हङकङका अध्यक्ष लालप्रसाद गुरुङको अगुवाइमा संकलित उक्त रकम बिहिबार नादा तमु समाज नेपालका अध्यक्ष चेतबहादुर गुरुङले पोखरास्थित समाजको कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

चैतमा भएको थ्रि नेसन्स कपबाट राष्ट्रिय टीममा डेब्यु गरेका गुरुङ निम्नमध्यम परिवारबाट उदाएको हुँदा खेल क्षेत्रमा लाग्न हौसला बढाउने उद्धेश्यले सहयोग गरिएको नादा हङकङका सचिव राजु गुरुङले बताए ।

यो सहयोगले खेल क्षेत्रमा लाग्न थप हौसला मिलेको त्रिदेव बताउँछन् । ‘माया गरेर मलाई सहयोग गर्नुहुने इष्टमित्र तथा नादा हङकङ समाज प्रति आभारी छु,’ उनले भने, ‘यो सहयोगले खेल क्षेत्रमा अझै राम्रो गर्ने हौसला बढेको छ ।’

करिव २० वर्ष अघि कास्कीका ६ वटा गाउँ मिलेर हङकङमा स्थापित उक्त समाजले वर्षेनी विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । यसअघि कोरोना महामारीकै बीचमा समाजले कास्कीको थुम्सिकोट स्वास्थ्य केन्द्रलाई १ लाख ७ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको सचिव गुरुङले जानकारी दिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नादा तमु समाज नेपालका अध्यक्ष चेतबहादुरसँगै सचिव कमलराज गुरुङ र कोषाध्यक्ष हरिप्रसाद गुरुङको उपस्थिति थियो । नादा समाज हङकङ, बेलायत र नेपालमा गठन भएको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

Latest










Popular
Suggested