English

नादा समाज हङकङद्धारा फुटबलर त्रिदेव गुरुङलाई २ लाख सहयोग



नादा समाज हङकङले राष्ट्रिय फुटबल टोलीका खेलाडी त्रिदेव गुरुङलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । हङकङका अध्यक्ष लालप्रसाद गुरुङको अगुवाइमा संकलित उक्त रकम बिहिबार नादा तमु समाज नेपालका अध्यक्ष चेतबहादुर गुरुङले पोखरास्थित समाजको कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

चैतमा भएको थ्रि नेसन्स कपबाट राष्ट्रिय टीममा डेब्यु गरेका गुरुङ निम्नमध्यम परिवारबाट उदाएको हुँदा खेल क्षेत्रमा लाग्न हौसला बढाउने उद्धेश्यले सहयोग गरिएको नादा हङकङका सचिव राजु गुरुङले बताए ।

यो सहयोगले खेल क्षेत्रमा लाग्न थप हौसला मिलेको त्रिदेव बताउँछन् । ‘माया गरेर मलाई सहयोग गर्नुहुने इष्टमित्र तथा नादा हङकङ समाज प्रति आभारी छु,’ उनले भने, ‘यो सहयोगले खेल क्षेत्रमा अझै राम्रो गर्ने हौसला बढेको छ ।’

करिव २० वर्ष अघि कास्कीका ६ वटा गाउँ मिलेर हङकङमा स्थापित उक्त समाजले वर्षेनी विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । यसअघि कोरोना महामारीकै बीचमा समाजले कास्कीको थुम्सिकोट स्वास्थ्य केन्द्रलाई १ लाख ७ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको सचिव गुरुङले जानकारी दिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नादा तमु समाज नेपालका अध्यक्ष चेतबहादुरसँगै सचिव कमलराज गुरुङ र कोषाध्यक्ष हरिप्रसाद गुरुङको उपस्थिति थियो । नादा समाज हङकङ, बेलायत र नेपालमा गठन भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested