English

कोरोना संक्रमितले गर्न नहुने १० गल्ती



यतिबेला नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढीरहेको छ । योसँगै कोरोना संक्रमितले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने विषयले आम मानिसमा अन्यौल र त्रास पैदा गरिरहेको छ । कोरोना संक्रमितहरुले गर्न नहुने गल्तीहरु के–के हुन् ? यस विषयमा मेरोलाइफस्टाइलले जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे (समिर)को सुझाव यस्तो छ :

१. डाक्टरको परामर्श बिना औषधी सेवन

डाक्टरको परामर्श बिना सामान्य बाहेकका कुनैपनि औषधी सेवन गर्न हुँदैन । जथाभावि औषधी सेवन गर्दा स्वस्थ्यमा अर्को नकारात्मक असर गर्न सक्छ । त्यसैले आफुखुशी औषधी सेवन गर्ने गल्ती कोरोना संक्रमतले गर्नु हुँदैन ।

२. धेरै आत्तिने

कोरोना पोजेटिभ हुने बित्तिकै संक्रमितहरु धेरै आत्तिने र डराउने गर्छन् । तर त्यस्तो गर्न हुँदैन । डराउने र नकारात्मक कुराहरु सोच्दा झन् बिरामी कमजोर हुन्छन् त्यसैले यो गल्ती पनि गर्नु हुँदैन ।

३. आत्मबल कमजोर पार्ने

कोरोना संक्रमितले आत्मबल बलियो बनाउनुपर्छ । आत्मबल बलियो भयो भने त्यसले औषधीको काम गर्छ । तर, आत्मबल कमजोर बनायो भने संक्रमितलाई निको हुन समय लाग्न सक्छ ।

४. आफुले प्रयोग गरेका सामानहरुको उचित व्यवस्थापन नगर्ने

संक्रमितले प्रयोग गरेका सामानहरुको उचित व्यवस्थापन नगर्दा घरका अन्य सदस्यलाई कोरोनाको जोखिम बढी हुन्छ । त्यसैले यस्तो गल्ती पनि गर्नु हुँदैन । संक्रमितले प्रयोग गरेको मास्क, पन्जा तथा सामाग्रीहरुको उचित व्यवस्थापन गर्नु पर्छ ।

५. आइसोलसनमा नबस्ने

संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु आइसोलेसनमा नबस्ने र परिवारको अन्य सदस्यको सम्पर्कमा आउने गल्ती गर्नु हुँदैन । लापरवाही गर्दा परिवारको अन्य सदस्यहरुमा पनि संक्रमण फैलन सक्छ ।

६. लक्षणको बेवास्ता गर्ने

सचेत नहुनु वा संक्रमणलाई बेवास्ता गर्नु आफैंमा ठूलो गल्ती हो, जसको लागि तपाईंको स्वास्थ्यले क्षतिपूर्ति तिर्नु पर्छ । सामान्य, अनौंठो लक्षण कोभिडको गम्भीर लक्षणहरूको जानकारी राख्नु पर्छ । लक्षणहरू गम्भीर रुपमा देखिए चिकित्सकको सल्लाह लिनु पर्छ । एलर्जी वा भाइरल होला भनेर पनि बेवास्ता गर्नु हुँदैन ।

७. स्टेरोइड औषधिको सेवन गर्ने

अक्सिजनको अलि–अलि कमी हुने बित्तिकै चिकित्सकको सल्लाह बिना स्टेरोइडको सेवन गर्नेहरु धेरै भेटिएका छन् । यो ठूलो गल्ती हो । यसको अनावस्यक सेवनले ब्लाक फंगस तथा ह्वाइट फंगस जस्ता समस्याहरु पनि हुन सक्छ ।

८. गम्भीर अवस्था भइसक्दा पनि अस्पताल जान आनाकानी गर्नु

गाह्रो भएको अवस्थामा पनि भोलि पर्सी अस्पताल जाउँला भनेर हेलचेक्राइँ गरेर बस्नु हुँदैन । यस्तो गर्दा अवस्था अझ बिग्रन सक्छ त्यसैले गाह्रो भएको छ भने तुरुन्त अस्पताल गइहाल्नु पर्छ ।

९. एन्टिबायोटिक र पेनकिलरको सेवन गर्ने

होम आइसोलेसनमा बस्दा कति संक्रमितले विभिन्न प्रकारको एन्टिबायोटिक र दुखाई कम गर्न पेनकिलरहरुको सेवन गर्छन् । यस्तो पेनकिलर र एन्टिबायोटिकको सेवनले संक्रमितको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । त्यसैले यस्ता औषधिको पनि प्रयोग गर्नु हुँदैन ।

१०. पोस्ट कोभिड सिम्टम्सको बेवास्ता गर्ने

कोरोना संक्रमित भएर निको भइसकेका व्यक्तिहरुमा पछि पनि पोस्ट कोभिड लक्षणहरु देखिन सक्छ । त्यसलाई वास्ता नगरेर निको भइसके म भनेर हेलचेक्राइँ गर्नु हुँदैन । त्यसैले चिकित्सकको सल्लाह लिएर त्यसको पनि उपचार गर्नुपर्छ । नत्र त्यही घातक बन्न सक्छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested