English

नेपाल–चीन कार्यकारी परिषदद्वारा शहीद गंगालाल र राष्ट्रिय आयुर्वेदलाई ५० लाखको स्वास्थ्य सामग्री सहयोग



नेपाल–चीन कार्यकारी परिषद्ले बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यी दुई अस्पतालका कोभिड युनिटलाई तेस्रो चरणको सहयोग अभियानअन्तर्गत परिषद्ले अक्सिजन कन्सन्ट्रेटर, पावर एअर प्युरिफायर रेस्पिरेटर (पीएपीआर), पीपीई, मास्क, सर्जिकल गाउन, पञ्जालगायतका सामग्री उपलब्ध गराएको हो ।

गंगालाल अस्पताललाई परिषद्ले ११ वटा पीएपीआर मेसिन सहयोग गरेको छ । यो मेसिनले श्वासप्रश्वासको हावा शुद्धिकरण गर्दछ । व्याट्रीबाट चल्ने फिल्टरसहितको यो उपकरण लगाएर संक्रमितको उपचारमा होमिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सहयोग मिल्नेछ ।

कोरोना महामारी सुरु भएयता नेपालमा करिव २० सरकारी अस्पताललाई ११ करोड रुपैयाँभन्दा बढी स्वास्थ्य सामग्री उपलब्ध गराइएको परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई बताउँछन् ।

चीनको स्वायत्त प्रदेश तिब्बतस्थित अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघले नेपालस्थित समकक्षी मैत्री संस्था नेपाल चीन कार्यकारी परिषद्लाई सबै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

सन् २००३ मा स्थापित परिषद्ले नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम