English

नेपाल–चीन कार्यकारी परिषदद्वारा शहीद गंगालाल र राष्ट्रिय आयुर्वेदलाई ५० लाखको स्वास्थ्य सामग्री सहयोग



नेपाल–चीन कार्यकारी परिषद्ले बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यी दुई अस्पतालका कोभिड युनिटलाई तेस्रो चरणको सहयोग अभियानअन्तर्गत परिषद्ले अक्सिजन कन्सन्ट्रेटर, पावर एअर प्युरिफायर रेस्पिरेटर (पीएपीआर), पीपीई, मास्क, सर्जिकल गाउन, पञ्जालगायतका सामग्री उपलब्ध गराएको हो ।

गंगालाल अस्पताललाई परिषद्ले ११ वटा पीएपीआर मेसिन सहयोग गरेको छ । यो मेसिनले श्वासप्रश्वासको हावा शुद्धिकरण गर्दछ । व्याट्रीबाट चल्ने फिल्टरसहितको यो उपकरण लगाएर संक्रमितको उपचारमा होमिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सहयोग मिल्नेछ ।

कोरोना महामारी सुरु भएयता नेपालमा करिव २० सरकारी अस्पताललाई ११ करोड रुपैयाँभन्दा बढी स्वास्थ्य सामग्री उपलब्ध गराइएको परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई बताउँछन् ।

चीनको स्वायत्त प्रदेश तिब्बतस्थित अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघले नेपालस्थित समकक्षी मैत्री संस्था नेपाल चीन कार्यकारी परिषद्लाई सबै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

सन् २००३ मा स्थापित परिषद्ले नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested