घरमै यसरी बनाउनुस् आँपको अचार



आजभोलि आँपको सिजन छ । यो बेला धेरैजसो मानिसले काँचो आँपको अचार बनाएर राख्छन् । जुन एकवर्षभरी खान सकिन्छ । तर, कतिलाई आँपको अचार कसरी बनाउने भन्ने बारेमा थाहा नहुन सक्छ । त्यसैलाई मध्यनजर गर्दै यहाँ आँपको अचार बनाउन आवश्यक पर्ने सामाग्री र बनाउने विधि प्रस्तुत गरिएको छ ।

आवश्यक सामाग्री

– आवश्यकता अनुसार आँप

– नुन, रातो खुर्सानीको धुलो, बेसार आवश्यकता अनुसार

– धनियाँ, तोरी र सोपको दाना

– सुकेको खुर्सानी

– तोरीको तेल आवश्यकता अनुसार

बनाउने विधि

– आँपलाई आवश्यक्ता अनुसार चाना बनाउने ।

– आँपको चानामा नुन र बेसार राखेर मिक्स गर्ने ।

– यसरी मिक्स गरेको आँपलाई ३ देखि ४ घण्टा छोपेर राख्ने । यसरी राख्दा आँपबाट पानी निस्किन्छ ।

– पानीबाट आँपलाई निकालेर एक दिनको चर्को घाममा सुकाउने ।

– धनियाँ, तोरी, सोपको दाना र सुकेको खुर्सानीलाई भुटेर पिस्ने ।

– पिसेको धुलो, बेसार र आवश्यकता अनुसार नुन फराकिलो भाँडामा राख्ने ।

– भाडामा राखिएका मसलाहरुमा एक कप तोरीको तेल तताउने र मिक्स गर्ने ।

– मिक्स गरेको मसलामा थोरै–थोरै सुकाएको आँपको चाना राख्दै मोल्ने ।

– सुकेको आँपको चाना र मसला मोली सकेपछि अचार तयार हुन्छ ।

– सफा र सुख्खा सिसा वा प्लास्टिकको डिब्बा लिने र अचार थोरै–थारै भर्ने ।

– अचार भरिएको डिब्बा हप्तादिन घाममा राख्ने । यसरी बनाएको अचार १० देखि ११ दिनमा खान मिल्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु