English

घरमै यसरी बनाउनुस् आँपको अचार



आजभोलि आँपको सिजन छ । यो बेला धेरैजसो मानिसले काँचो आँपको अचार बनाएर राख्छन् । जुन एकवर्षभरी खान सकिन्छ । तर, कतिलाई आँपको अचार कसरी बनाउने भन्ने बारेमा थाहा नहुन सक्छ । त्यसैलाई मध्यनजर गर्दै यहाँ आँपको अचार बनाउन आवश्यक पर्ने सामाग्री र बनाउने विधि प्रस्तुत गरिएको छ ।

आवश्यक सामाग्री

– आवश्यकता अनुसार आँप

– नुन, रातो खुर्सानीको धुलो, बेसार आवश्यकता अनुसार

– धनियाँ, तोरी र सोपको दाना

– सुकेको खुर्सानी

– तोरीको तेल आवश्यकता अनुसार

बनाउने विधि

– आँपलाई आवश्यक्ता अनुसार चाना बनाउने ।

– आँपको चानामा नुन र बेसार राखेर मिक्स गर्ने ।

– यसरी मिक्स गरेको आँपलाई ३ देखि ४ घण्टा छोपेर राख्ने । यसरी राख्दा आँपबाट पानी निस्किन्छ ।

– पानीबाट आँपलाई निकालेर एक दिनको चर्को घाममा सुकाउने ।

– धनियाँ, तोरी, सोपको दाना र सुकेको खुर्सानीलाई भुटेर पिस्ने ।

– पिसेको धुलो, बेसार र आवश्यकता अनुसार नुन फराकिलो भाँडामा राख्ने ।

– भाडामा राखिएका मसलाहरुमा एक कप तोरीको तेल तताउने र मिक्स गर्ने ।

– मिक्स गरेको मसलामा थोरै–थोरै सुकाएको आँपको चाना राख्दै मोल्ने ।

– सुकेको आँपको चाना र मसला मोली सकेपछि अचार तयार हुन्छ ।

– सफा र सुख्खा सिसा वा प्लास्टिकको डिब्बा लिने र अचार थोरै–थारै भर्ने ।

– अचार भरिएको डिब्बा हप्तादिन घाममा राख्ने । यसरी बनाएको अचार १० देखि ११ दिनमा खान मिल्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested