English

निषेधाज्ञाले रोक्न नसकेको रोपाईं (फोटो फिचर)



कोरोनाको कहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । व्यापार, उद्योगधन्दा, बैंक, वित्तीय संस्था सबै ठप्प छन् । तर, कृषकलाई भने यो निषेधाज्ञाले छेकेको छैन ।

यद्यपि, रोपाईंका लागि चाहिने खाद्य सामाग्री ढुवानीमा भने समस्या भएको किसानहरु बताउँछन् । साथै, बिक्री गरिएको गहुँको मूल्य नपाएको भजनी नगरपालिकाका किसानहरुको गुनासो छ ।

साथै, वर्षा लाग्नै लाग्दा यस नगरपालिकाका कृषकलाई बाढीको चिन्ताले पनि सताउन थालेको छ । त्यसो त किसानहरुले वर्षे पानी पर्नुभन्दा अगावै रोपाई गर्छन् । त्यसैले यस क्षेत्रका कोही किसान रोपाईमा त कोही रोपाईको तयारीमा व्यस्त छन् ।

वर्षे पानी पर्नु अगावै रोपाई गर्दा खर्च बढी लाग्ने र छिटो रोपाई नगरे बाढी आएर रोपेको धान बगाउने समस्या रहेको किसान खुशीराम चौधरी बताउँछन् । ‘पानी पर्नु अगावै रोपाईं गर्दा पानी तान्नको लागि डिजेल बढी लाग्छ र यो वर्ष तेलको मूल्य पनि बढेको छ,’ उनी भन्छन्, ‘पानीको आशामा रोपाई गरियो भने रोपेको धान बाढीले बगाएर लैजान्छ । त्यसैले पानी पर्नु भन्दा पहिला नै रोपाई गर्नु पर्छ ।’

कोरोना महामारीका कारणले किसानलाई रोपाईंको लागि आवश्यक पर्ने सामाग्री किनमेल गर्न समस्या परेको उनको भनाई छ । ‘बजारमा सामानको अभाव छैन तर सामान खरिदका लागि आउजाउ गर्न समस्या छ’ उनले भने ।

यसैगरी कुष्णा चौधरी अरु वर्ष भन्दा यो वर्षको रोपाई ढिलो भएको बताउँछिन् । ‘निषेधाज्ञाका कारणले बेचेको गहुँको मूल्य पनि पाएको छैन,’ उनले भनिन् ।

खेत जोत्न, मल बोक्न र रोपाईको आवश्यक सामाग्री ओसार–पसार गर्नका लागि प्रयोग भएको टेक्टरलाई रोक लगाएको र किसानलाई समस्या रहेको भल्मन्सा समाजका अध्यक्ष केवल चौधरी बताउँछन् । ‘प्रहरी प्रशासनले किसानको टेक्टरलाई रोक लगाएको छ ।’ उनी भन्छन्, ‘ यस विषयलाई प्रहरी प्रशासनसँग समन्वय गरेर छिटै समाधान गर्ने छौ ।’

किसानको लागि मलको अभाव नरहेको तर निषेधाज्ञाका कारणले मल ढुवानी गर्न समस्या भएको व्यापारी कमला ज्ञवाली बताउँछिन् । ‘मलको अभाव छैन तर मलको ढुवानी गर्न निषेधाज्ञाले समस्या परेको छ,’उनले भनिन् ।

यो पनि पढ्नुहोस्
कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा
हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested