English

सुनको जलहरी नै शिवरात्रीको मुख्य आकर्षण



पशुपतिनाथको मन्दिर आज शिवरात्रीको दिन बिहान सबेरै देखि राती अबेरसम्म दर्शनार्थीकालागि खुल्ला रहने छ ।

कोरोना महामारीकाकारण गतवर्ष चैत ११ गतेबाट बन्द भएको पशुपतिनाथको मन्दिर ९ महिनासम्म दर्शनार्थीहरूको लागि पूर्ण रूपमा बन्द थियो ।

पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामात्र खुला गरिएको थियो । जसअनुसार दुइटा लाईनबाट भौतिक दुरी कायम गर्दै स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था थियो । आज महा शिवरात्री देखि पशुपतिको चारवटै ढोका खालिने भएको छ ।

गतवर्ष शिवरात्रीपर्वको तयारीमा करिब एक करोडभन्दा बढी खर्च भएको थियो । तर यस वर्ष भने कोरोना महामारीले गर्दा महाशिवरात्री तयारीको लागि जम्मा २० लाख रूपैया मात्र छुट्याइएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाका अनुसार महाशिवरात्री पर्वलाई कोरोना संक्रमणको कारण यो वर्ष मनाउने वा नमनाउने भन्ने दुविधा रहेको थियो । तर, कोरोनाको संक्रमण केही कमी भएको र कोरोनाविरुद्धको खोप बजारमा आइसकेकाले यो वर्ष महाशिवरात्री मनाउने निर्णयमा पुगेको उहाँले जानकारी गराउनु भयो ।

‘यस वर्ष पशुपतिनाथको मन्दिरमा सुवर्ण जलहरी राखिएको छ,’ कार्यकारी निर्देशक डा. खतिवडा भन्छन्, ‘यसैको तयारीमा खटिएकोले गर्दा महाशिवरात्रीको तयारी केही ढिला हुनगयो । तर पनि यो वर्ष हामी भव्यताका साथ शिवरात्री मनाउँछौ’।

शिवरात्री व्यवस्थापनकालागि विभिन्न ११ वटा उपसमितिहरू बनेका छन् । जसमा सुरक्षा व्यवस्थापन उपसमिति, चन्दन–प्रसाद वितरण उपसमिति, रात्रीकालीन पूजा उपसमिति, साधु सन्त व्यवस्थापन उपसमिति, धार्मिक कार्यक्रम आयोजना उपसमिति, स्वयम् सेवा परिचालन उपसमिति, अनुगमन मूल्याङ्कन उपसमिति, मेला बजाार व्यवस्थापन उपसमिति, स्वास्थ्य शिविर सञ्चालन उपसमिति, भोजन आवास तथा भौतिक निर्माण उपसमिति लगायतका उपसमिति बनेकाछन् ।

शिवरात्री पर्व मनाउन आएका साधुसन्तहरु । तस्विर सौजन्यः रासस

यसवर्ष महाशिवरात्रीको अवसरमा करिब ४ देखि ५ हजार साधुसन्तहरू उपस्थित हुनेभएका छन् । कोरोना महामारीको प्रभावका कारण भारत तथा अन्य देशबाट शिवरात्रीको अवसर पारेर पशुपति दर्शनगर्न आउने भक्तजनहरूको संख्या कमहुने अनुमान गरिएको छ । त्यसैले यो वर्षको शिवरात्रीमा काठमाडौं उपत्यकामा रहेका भक्तजनहरूकै उपस्थिति बढी हुने खतिवडाले बताउनु भयो ।

कोरोना त्रासको कारण यसपटक पशुपति मन्दिरमा आउने भत्तजनहरूले अनिवार्य रूपमा माक्सको प्रयोग र सामाजिक दुरी कायम गर्नु पर्नेछ ।

२०७६ सालको जस्तो मन्दिर फुलहरूले झकि झकाऊ भने यो वर्ष हुने छैन । सामान्य साजसज्जाभने गरिनेछ । यो वर्ष पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाइएको हुनाले विशेष आकर्षण त्यही हुनेछ ।

गतवर्ष शिवरात्री पर्वको तयारीमा करिब एक करोडभन्दा बढी खर्च भएको थियो । तर यस वर्ष भने कोरोना महामारीले गर्दा महाशिवरात्री तयारीको लागि जम्मा २० लाख रूपैयामात्र छुट्याइएको छ ।

डा. खतिवडाका अनुसार २०७६ सालको जस्तो मन्दिर फुलहरूले झकि झकाऊभने यो वर्ष हुने छैन । सामान्य साजसज्जाभने गरिनेछ । यो वर्ष पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाइएको हुनाले विशेष आकर्षण त्यही हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,