English

६० देखि ६४ वर्ष उमेरसमूहले पाउने भए कोभिड खोप, जेठ २५ गतेबाट लगाइने



६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई जेठ २५ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप उक्त उमेरसमूहका नागरिकलाई दिइने भएको हो ।

यस्तै, चीनसँग सीमा जोडिएका हिमाली जिल्लाका १८ वर्षभन्दा माथि उमेरसमूहका नागरिकलाई पनि भेरोसेल लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ‘दोस्रो डोजको सुनिश्चितता गरेरै भेरोसेल खोप दिन लागेका हौं,’ उनले भने ।

चीनले दिने भनेको १० लाख डोज खोपमध्ये आज ९ लाख डोज नेपाल आइपुगेको छ । बुधबार थप १ लाख खोप आउने मन्त्रालयले जनाएको छ ।

यसअघि भेरोसेल खोप ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भन्दै नेपालमा ५९ वर्षसम्मका नागरिकलाई दिइएको थियो । यद्यपि, केही दिन अघिमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६० वर्षभन्दा माथि उमेरसमूहलाई पनि भेरोसेल लगाउन मिल्ने जनाएसँगै यो समूहलाई खोप दिन लागिएको पौडेलले जानकारी दिए ।

‘यसअघि डब्लुएचओले ५९ वर्षसम्मका नागरिकलाई भेरोसेल दिन सकिने भनेको थियो,’ उनले भने, ‘तर, अहिले ६० वर्षभन्दा माथिकालाई पनि दिन मिल्ने भनेको र खोप सल्लाहकार समितिले पनि लगाउन मिल्छ भनेपछि यस्तो निर्णय गरेका हौं ।’

नेपालमा ६० वर्षभन्दा माथिका नागरिकको संख्या ८ लाख ५५ हजार रहेको डा. पौडेलले जानकारी दिए । साथै, खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान उनको अनुरोध छ ।

यसैगरी, खोप केन्द्र तोक्नका लागि सम्बन्धित जिल्ला समन्वय समितिलाई जिम्मा दिइएको डा. पौडेल बताउँछन् । ‘खोप केन्द्र तोक्न जिल्ला समन्वय समितिलाई अधिकार दिइएको छ,’ उनले भने, ‘आज भोलि नै त्यसको टुंगो लाग्नेछ ।’



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested