English

कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै



नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या घटिरहेको छ भने निको हुनेको संख्या दैनिकजसो बढीरहेको छ । स्वास्थ्य तथा जससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमण जित्नेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

यसैगरी, आज थप ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ सय १६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा ७ हजार १ सय ६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमा हाल १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, १ लाख ३ हजार ७ सय होम आइसोलेसन र ७ हजार ८ सय ९ जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी, १ हजार ६ सय १४ जना संक्रमितको आईसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । जसमध्ये, ४ सय ५७ जना भेन्टिलेटरमा छन् ।

आज १४ हजार ७ सय ५२ नमूना परीक्षण भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested