कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै



नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या घटिरहेको छ भने निको हुनेको संख्या दैनिकजसो बढीरहेको छ । स्वास्थ्य तथा जससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमण जित्नेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

यसैगरी, आज थप ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ सय १६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा ७ हजार १ सय ६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमा हाल १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, १ लाख ३ हजार ७ सय होम आइसोलेसन र ७ हजार ८ सय ९ जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी, १ हजार ६ सय १४ जना संक्रमितको आईसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । जसमध्ये, ४ सय ५७ जना भेन्टिलेटरमा छन् ।

आज १४ हजार ७ सय ५२ नमूना परीक्षण भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक