English

घट्दै संक्रमित, एकैदिन ९ हजार ८४१ जनाले जिते कोरोना



नेपालमा एकैदिन ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौं उपत्यकामा २ हजार ३ सय २४ जना संक्रमित थपिएका छन् ।

आज ९६ जना कोरोना संक्रमितको निधन भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

नेपालमा हाल १ लाख १३ हजार ३ सय ९४ जना संक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ५ हजार ४ सय ४४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, १ हजार ६ सय २७ संक्रमितको आईसियूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय ५० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २० हजार १ सय १० नमूना परीक्षण भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested