English

कोरोनासँगै फैलिरहेको कालो ढुसी (म्युकर माइकोसिस) बाट कसरी बच्ने ?



डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा नेपालमा फेरि अर्को रोग म्युकर माइकोसिसले चिन्ता बढाएको छ । यो रोग कोरोना संक्रमित वा कोरोनाबाट ठीक भएका बिरामीहरुमा देखिन थालेको छ ।

छिमेकी मुलुक भारतमा केही समय अघि देखिएको यो रोग नेपालमा पनि हालसालै देखा परेको छ । कोभिड–१९ यस रोगको लागि एक प्रमुख जोखिम कारकको रुपमा देखा परेको छ । यो एउटा फङ्गल संक्रमण हो । जुन नाक मार्फत शरीरमा प्रवेश गर्दछ ।

नेपालमा भर्खरै मात्र देखिएको यस रोगको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ । त्यसैले के हो म्युकर माइकोसिस ? यसका लक्षण कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने भन्ने बारे संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको सल्लाह यस्तो छ :

कस्तो रोग हो कालो ढुसी (म्युकर माइकोसिस) ?

सामान्य अर्थमा भन्दा म्युकर माइकोसिस एक प्रकारको ढुसी हो । यस रोगको संक्रमितहरुमा आँखा, नाकमा फंगस अर्थात् ढुसीको इन्फेक्सन देखिने गर्छ । विशेषगरी मधुमेहका रोगी र कोभिड–१९ को संक्रमणको उपचारको क्रममा स्टेरोइड औषधिको प्रयोग गरिन्छ । स्टेरोइडको प्रयोगपछि रगतमा चिनीको मात्रा बढ्ने समूहमा यस्तो समस्या बढी देखापर्छ । इम्युनिटि पावर कम भएको मान्छेहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

नेपालमा यो रोग हालसालै मात्र देखिएको हुनाले यसको विषयमा चिकित्सकहरुले गहिरो अध्ययन अनुसन्धान गर्नु पर्छ । हाम्रो देशमा यसको विज्ञ चिकित्सक नभएको हुनाले, यसको औषधिको बारेमा पनि अनुसन्धान गर्न जरुरी छ ।

यसका लक्षण ?

नाक बन्द हुने, टाउको दुख्ने, नाकबाट रगत वा कालो पदार्थ आउने नाकको वरपर कालो धब्बा जस्तो देखिने, आँखा सुनिने तथा दुख्ने यसका मूख्य लक्षण हुन् । यसको संक्रमणले फोक्सोमा पनि असर गर्न सक्छ । साथै, समयमै उपचार नहुँदा आँखाको दृष्टि समेत गुम्न पुग्छ । तर, समयमै उपचार भयो भने निको हुन्छ ।


एक व्यक्तिबाट अर्कोमा सर्छ कि सर्दैन ?

म्यूकर माइकोसिस एउटा मानिसबाट अर्कोमा सर्दैन । त्यसैले संक्रमितहरु धेरै आत्तिन वा डराउनु पर्दैन । यो एकदमै कमजोर शरीरमा देखा पर्छ । नेपालमा यो रोग पहिले देखिएको थिएन ।

यो समस्या एउटा ठूलो चुनौतीको रुपमा हामीले सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले संक्रमणको बारेमा चिकित्सकहरुलाई तालिम दिने । उपचार सहज बनाउने तर्फ सम्बन्धित सरोकारवालाको समयमै ध्यान जानुपर्छ ।

यो रोग लाग्यो भने के गर्ने ?

फंगस इन्फेक्सनको लक्षणहरु देखिने बित्तिकै चिकित्सकसँग सम्पर्क गर्नु पर्छ । समयमा नै रोग पत्ता लाग्यो भने यसको उपचार हुन सक्छ । चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्ने । धेरै आत्तिएर आत्मबल कमजोर बनाउनु हुँदैन । इम्युनिटि पावर बढाउने डाइट फलो गर्ने र व्यायामहरु गर्ने ।

कोरोना महामारीले सबैलाई त्रसित बनाईरहेको समयमा यसको लक्षणले मानिसहरुमा थप तनाव दिने भएकोले यसको लक्षणहरुको बारेमा धेरै चर्चा नगर्दा राम्रो हुन्छ यसले मान्छेहरुको मनोबल कमजोर हुन सक्छ । नाक बन्द हुने वा टाउको दुख्ने बित्तिकै डराएर आत्मबल कमजोर बनाएर म्यूकर माइकोसिस भयो भनेर आत्तिनु पनि हुँदैन ।

यसबाट कसरी बच्ने ?

— मधुमेहका बिरामीहरुले आफ्नो सुगर लेभल कन्ट्रोल गर्ने

— इम्युनिटी कम भएका मानीसहरुले चिकित्सकको सल्लाह अनुसार इम्युनिटी पावर बढाउने औषधि तथा खानाको सेवन गर्ने

— कोरोना संक्रमितले भने स्टेरोइड औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्ने लामो समयसम्म चिकित्सकको सल्लाह बिना यसको प्रयोग नगर्ने

— घरको वरपर ढुसी लाग्ने वा कुहिने वस्तूहरु नराख्ने ।

— कोरोना संक्रमितहरु आइसोलेसनमा बसेको कोठाहरु हावा छिर्ने भेन्टिलेसन भएको हुनुपर्छ ।

— चिसो ओसिलोे कोठामा ढुसी लाग्ने भएकोले त्यस्तो कोठामा बस्नु हुँदैन ।

— इम्युनिटी पावर कम भएको व्यक्ति बस्ने कोठामा ढुसी लाग्ने किसिमको बिरुवाहरु राख्नु हुँदैन ।

— घर बाहिर निस्कदा सधै मास्कको प्रयोग गर्नु पर्छ ।

— मधुमेह, क्यान्सर र मिर्गौलाका बिरामीहरुले समय–समयमा शरीर जाँच गराउनु पर्छ ।

— घर वरपरको सफाईमा विशेष ध्यान दिनु पर्छ । ढुसी लाग्ने खाल्को कुनै पनि सामानहरु छ भने त्यसलाई हटाउनु पर्छ ।

यो पनि पढ्नुहोस्
चिकित्सकको पीडा : ‘तन, मन थाक्यो भन्ने छुट छैन’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो