English

नेपालमै उत्पादन हुने भयो रेम्डेसिभिर



कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए। औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करिव ५ हजार रुपैयाँ पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए ।

यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने पाण्डेले बताए ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested