English

यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार



देशभरका ३० वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धि सम्झौता गरेका अस्पतालमा संक्रमितको उपचार निःशूल्क हुने भएको हो ।

यदि कोही बिरामीले पैसा तिर्छु क्याबिनमा बसेर उपचार लिन्छु भन्यो भने पाउने तर, त्यो पैसा सरकारले नबेहोर्ने मन्त्रालयका प्रवक्ता समीर अधिकारीले बताए । ‘कसैले म सरकारलाई भार पार्दिन आफैं पैसा तिरेर उपचार गर्छु पनि भन्न पाउनुहुन्छ,’ उनले भने, ‘तर, अस्पतालको क्याबिन लगायतका अन्य सुविधा लिएर उपचार लिनेको पैसा सरकारले तिर्दैन ।’

कुन–कुन अस्पताल ?

मन्त्रालयका अनुसार प्रदेश १ को विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ को विरगन्जस्थित
नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा संक्रमितको उपचार निःशुल्क हुन्छ ।

यसैगरी, बागमती प्रदेशअन्तर्गत काठमाडौं सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरपुर, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपल्स डेन्टल कलेज एन्ड डेन्टल अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौं नेशनल मेडिकल कलेज, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, समिट अस्पताल, हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पतालमा पनि संक्रमितको निःशुल्क उपचार हुन्छ ।

यसैगरी, आनन्दबन अस्पताल, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज, मेडिकेयर अस्पताल रहेको छ ।

गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरामा पनि कोरोना संक्रमितको उपचार निशुल्क हुन्छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र गुल्मीको रेसुङ्गा अस्पताल रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, माया मेट्रो अस्पताल, पद्म अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



सम्बन्धित खबरहरु

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

Latest










Popular
Suggested