English

यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार



देशभरका ३० वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धि सम्झौता गरेका अस्पतालमा संक्रमितको उपचार निःशूल्क हुने भएको हो ।

यदि कोही बिरामीले पैसा तिर्छु क्याबिनमा बसेर उपचार लिन्छु भन्यो भने पाउने तर, त्यो पैसा सरकारले नबेहोर्ने मन्त्रालयका प्रवक्ता समीर अधिकारीले बताए । ‘कसैले म सरकारलाई भार पार्दिन आफैं पैसा तिरेर उपचार गर्छु पनि भन्न पाउनुहुन्छ,’ उनले भने, ‘तर, अस्पतालको क्याबिन लगायतका अन्य सुविधा लिएर उपचार लिनेको पैसा सरकारले तिर्दैन ।’

कुन–कुन अस्पताल ?

मन्त्रालयका अनुसार प्रदेश १ को विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ को विरगन्जस्थित
नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा संक्रमितको उपचार निःशुल्क हुन्छ ।

यसैगरी, बागमती प्रदेशअन्तर्गत काठमाडौं सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरपुर, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपल्स डेन्टल कलेज एन्ड डेन्टल अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौं नेशनल मेडिकल कलेज, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, समिट अस्पताल, हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पतालमा पनि संक्रमितको निःशुल्क उपचार हुन्छ ।

यसैगरी, आनन्दबन अस्पताल, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज, मेडिकेयर अस्पताल रहेको छ ।

गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरामा पनि कोरोना संक्रमितको उपचार निशुल्क हुन्छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र गुल्मीको रेसुङ्गा अस्पताल रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, माया मेट्रो अस्पताल, पद्म अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested