English

दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ

दम श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । वातावरणीय प्रदूषण, धुँवा, धुलो आदिका कारणले यो रोग लाग्छ । दमका पुरानो रोगीलाई कोरोना संक्रमण भएमा एक्कासी दमको अट्याक हुने, निमोनिया हुने र अक्सिजनको मात्रा घट्ने समस्या देखिने छाती रोगविशेषज्ञ डा.राजु पंगेनी बताउँछन् । यस्तो अवस्थामा दमका रोगीले घरमै कसरी आफूलाई केयर गर्न सक्छन् भन्ने बारे डा. पंगेनीको सुझाव यस्तो छ :

– बिरामीलाई कुनै पनि समस्या देखिएमा जाँच गराइहाल्ने किनकी यसका बिरामीले समयमा चेकजाँच गराएनन् भने एक्कासी अक्सिजन घट्न सक्छ ।

– नियमित रुपमा औषधि सेवन गर्ने । औषधि छ छैन पहिला नै विचार पुर्याउने ।

– दमका बिरामी अक्सिजन प्रयोग गरिरहेका छन् भने त्यसको पनि जोहो गरि राख्ने ।

– घरमा बसी राखेमा हात, खुट्टाका जोर्नी, मांसापेशीहरु जाम भएर कमजोर हुन्छन् । जसका लागि घर भित्रै आधा घण्टा व्यायाम गर्ने, कौशी र आँगनमा हिँडडुल गर्ने गर्नुपर्छ ।

– प्रोटीनयुक्त खानेकुरा खाने । जस्तै दाल गेडगुडी, माछा मासु ।

– सकेसम्म पानी टन्न पिउने ।

– अक्सिजनको मात्रा घट्ने, पहँेलो खकार आउने, घाँटी घ्यार–घ्यार बज्ने, ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल गइहाल्ने हाल्ने ।

– धुँवा, धुलोबाट बच्ने । धुप, दाउरा वा अन्य आन्तरिक (इन्डोर) वायू प्रदूषणबाट बच्ने ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested