English

दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ

दम श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । वातावरणीय प्रदूषण, धुँवा, धुलो आदिका कारणले यो रोग लाग्छ । दमका पुरानो रोगीलाई कोरोना संक्रमण भएमा एक्कासी दमको अट्याक हुने, निमोनिया हुने र अक्सिजनको मात्रा घट्ने समस्या देखिने छाती रोगविशेषज्ञ डा.राजु पंगेनी बताउँछन् । यस्तो अवस्थामा दमका रोगीले घरमै कसरी आफूलाई केयर गर्न सक्छन् भन्ने बारे डा. पंगेनीको सुझाव यस्तो छ :

– बिरामीलाई कुनै पनि समस्या देखिएमा जाँच गराइहाल्ने किनकी यसका बिरामीले समयमा चेकजाँच गराएनन् भने एक्कासी अक्सिजन घट्न सक्छ ।

– नियमित रुपमा औषधि सेवन गर्ने । औषधि छ छैन पहिला नै विचार पुर्याउने ।

– दमका बिरामी अक्सिजन प्रयोग गरिरहेका छन् भने त्यसको पनि जोहो गरि राख्ने ।

– घरमा बसी राखेमा हात, खुट्टाका जोर्नी, मांसापेशीहरु जाम भएर कमजोर हुन्छन् । जसका लागि घर भित्रै आधा घण्टा व्यायाम गर्ने, कौशी र आँगनमा हिँडडुल गर्ने गर्नुपर्छ ।

– प्रोटीनयुक्त खानेकुरा खाने । जस्तै दाल गेडगुडी, माछा मासु ।

– सकेसम्म पानी टन्न पिउने ।

– अक्सिजनको मात्रा घट्ने, पहँेलो खकार आउने, घाँटी घ्यार–घ्यार बज्ने, ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल गइहाल्ने हाल्ने ।

– धुँवा, धुलोबाट बच्ने । धुप, दाउरा वा अन्य आन्तरिक (इन्डोर) वायू प्रदूषणबाट बच्ने ।

यो पनि पढ्नुहोस्
कोभिडका बिरामीलाई निको भएको तीन महिनापछि मात्र खोप
यी ३० अस्पताल, जहाँ हुन्छ कोरोना संक्रमितको निःशुल्क उपचार
तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?
दमका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested