English

लमजुङ नै केन्द्रबिन्दु बनाएर फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प



लमजुङ नै केन्द्रबिन्दु बनाएर फेरि ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि लमजुङकै भुलभुले आसपास भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको र फेरि ८ बजेर २६ मिनेटमा लमजुङ नै केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले लमजुङका ढुंगा माटोले बनेका घर भत्किँदा हालसम्म ४ जना घाइते भएको जानकारीमा आएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले जानकारी दिए ।

‘हालसम्म ढुंगा माटोबाट बनेका ८–१० वटा घर भत्किएको जानकारी हामीलाई प्राप्त भएको छ साथै अन्य थुप्रै घर चर्किएका छन्,’ उनले भने, ‘अझै धेरै घरहरु भत्किएका वा चर्किएका हुन सक्छन् हामी अहिले फिल्डमै छौं ।’

लमजुङमा बिहानदेखि नै साना–साना पराकम्पको महशुस भइरहेको लुईटेलले जानकारी दिए । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकासहितका केही जिल्लामा महशुस भएको थियो् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested