English

एकैदिन ६ हजार ८ सय ९१ जनाले जिते कोरोना



नेपालमा गत २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको कुल संख्या ५ हजार ४ सय ११ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा गत २४ घण्टामा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । क्वारेन्टाइनमा हाल ७ सय ५२ जना छन् भने आइसोलेशनमा रहनेको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested