English

नेपालमा एकैदिन ५ हजार ७ सय ६७ जनाले जिते कोरोना



नेपालमा एकैदिन ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । यो कुल संक्रमितको ७४.४३ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ३ हजार ९८ जना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये काठमाडौंमा २ हजार ३ सय ४६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २ सय १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

हाल नेपालमा १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा र ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन् ।

आज १ हजार २ सय ५९ जनाको आइसीयूमा उपचार भइरहेको छ । जसमध्ये ४ सय जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested