English

‘निषेधाज्ञामा खाना पकाउन सिक्दैछु’



कोरोनाका कारणले निम्त्याएको निषेधाज्ञाले सबैको जीवन अस्तव्यस्त छ । अधिकांश समयमा व्यस्त रहने कलाकार घरमै बस्न बाध्य छन् । त्यसो त यो समय मोडल करिश्मा ढकालले कसरी समय बिताइरहेकी छिन् । यही विषयमा केन्द्रीत रहेर मोडल करिश्मा ढकालसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी :

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

सुरुको केही दिन त रमाइलै भयो । परिवारका सदस्यहरुसँग धेरै समयपछि घरमा बस्न पाइयो । तर, अहिले त बोरिङ लाग्न थालिसक्यो । त्यसैले खाना पकाउन सिक्दै छु । निषेधाज्ञा सकिने बेलासम्म त पर्फेक्ट भइसक्छु होला ।

कोरोना संक्रमणदेखि कतिको डर लाग्छ ?

मुखले डर लाग्दैन भने पनि मन भित्र त एकदमै डर लागिरहेको छ । मेरो छिमेकमा एकजनाको कोरोना संक्रमणकै कारण निधन भयो । त्यसपछि त झनै डर लागेको छ ।

संक्रमणबाट बच्नका लागि कस्तो उपाय अपनाउनु भएको छ ?

घरमै बसिरहेको छु । बाहिरका कसैसँग भेटघाट गरेको छैन । बजारबाट ल्याएका अति आवश्यक सामानहरु पखालेर प्रयोग गरेको छु र पखाल्न नमिल्ने सामानमा स्यानिटाइज गरेर प्रयोग गर्छु । आवश्यक काममा बाहिर जान पर्यो भने मास्क, पन्जा लगाएर मात्रै निस्कन्छु ।

कोरोनाबाट बच्न तपाईको सुझाव के छ ?

सकेसम्म घरबाट ननिस्किने, आवश्यक काममा बाहिर जान पर्यो भने मास्क र पन्जाको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र सकेसम्म कसैलाई पनि नभेट्ने र पूर्णरुपमा निषेधाज्ञाको पालना गर्न सुझाव दिन्छु ।

घरमै बसेर कसरी दिन बिताउन सकिन्छ ?

घरमा बस्दा आफूलाई नआउने कुराहरु सिक्न सकिन्छ । आफुले गरेका कामहरुको समिक्षा गर्ने । पुस्तकहरु पढ्ने । सिर्जनात्मक नयाँ कामहरु सिक्ने र गर्ने यिनै हुन् ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested