English

‘निषेधाज्ञामा खाना पकाउन सिक्दैछु’



कोरोनाका कारणले निम्त्याएको निषेधाज्ञाले सबैको जीवन अस्तव्यस्त छ । अधिकांश समयमा व्यस्त रहने कलाकार घरमै बस्न बाध्य छन् । त्यसो त यो समय मोडल करिश्मा ढकालले कसरी समय बिताइरहेकी छिन् । यही विषयमा केन्द्रीत रहेर मोडल करिश्मा ढकालसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी :

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

सुरुको केही दिन त रमाइलै भयो । परिवारका सदस्यहरुसँग धेरै समयपछि घरमा बस्न पाइयो । तर, अहिले त बोरिङ लाग्न थालिसक्यो । त्यसैले खाना पकाउन सिक्दै छु । निषेधाज्ञा सकिने बेलासम्म त पर्फेक्ट भइसक्छु होला ।

कोरोना संक्रमणदेखि कतिको डर लाग्छ ?

मुखले डर लाग्दैन भने पनि मन भित्र त एकदमै डर लागिरहेको छ । मेरो छिमेकमा एकजनाको कोरोना संक्रमणकै कारण निधन भयो । त्यसपछि त झनै डर लागेको छ ।

संक्रमणबाट बच्नका लागि कस्तो उपाय अपनाउनु भएको छ ?

घरमै बसिरहेको छु । बाहिरका कसैसँग भेटघाट गरेको छैन । बजारबाट ल्याएका अति आवश्यक सामानहरु पखालेर प्रयोग गरेको छु र पखाल्न नमिल्ने सामानमा स्यानिटाइज गरेर प्रयोग गर्छु । आवश्यक काममा बाहिर जान पर्यो भने मास्क, पन्जा लगाएर मात्रै निस्कन्छु ।

कोरोनाबाट बच्न तपाईको सुझाव के छ ?

सकेसम्म घरबाट ननिस्किने, आवश्यक काममा बाहिर जान पर्यो भने मास्क र पन्जाको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र सकेसम्म कसैलाई पनि नभेट्ने र पूर्णरुपमा निषेधाज्ञाको पालना गर्न सुझाव दिन्छु ।

घरमै बसेर कसरी दिन बिताउन सकिन्छ ?

घरमा बस्दा आफूलाई नआउने कुराहरु सिक्न सकिन्छ । आफुले गरेका कामहरुको समिक्षा गर्ने । पुस्तकहरु पढ्ने । सिर्जनात्मक नयाँ कामहरु सिक्ने र गर्ने यिनै हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested