English

‘आमा बन्न पाउँदा उत्साहित छु’



अभिनेत्री ऋचा शर्मा आफू आमा बन्दै गरेको कुरा केही समय अघि सामाजिक सञ्जालमार्फत खुलाएकी थिइन् । त्यो सँगै उनलाई बधाई तथा शुभकामनाको ओइरो लाग्यो । २०७६ साल मंसिर ११ गते दिपेक्षविक्रम राणासँग विवाह गरेकी शर्मासँग मेरोलाइफस्टाइलले गरेको ‘गर्भ वार्ता’:

आमा बन्दै हुनुहुन्छ, कस्तो महशुस भइरहेको छ ?

एकदमै खुसी र गर्व महशुस भएको छ । आमा बन्न पाउनु महिलाको सौभाग्य हो । मैले पनि यतिबेला नयाँ जीवनलाई गर्भमा हुर्काइरहेको छु । यो बेला आमाको माया कस्तो हुँदो रहेछ भन्ने अनुभव गर्ने मौका पाएकी छु । त्यसैले उत्साहित छु ।

छोरा वा छोरी के भइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ ?

मेरो पहिलो बच्चा हो । मलाई छोरा वा छोरी जे भए पनि हुन्छ ।

पौष्टिक आहार के–के खादै हुनुहुन्छ ?

घरमा पाक्ने प्रायः खानेकुरा पौष्टिक नै हुन्छ । घरमा पाकेको ताजा, मौसम अनुसारको हरियो तरकारी, माछा, मासु, दुध र दही नियमित खान्छु । दिउँसो भोक लागेमा दही र फलफुल खान्छु । मलाई दाल भात तरकारी एकदमै मन पर्छ । यस्तै, नट्सहरु पनि खाइरहेको छु ।

नियमित गर्भ जाँच गराउनुभएको छ कि छैन ?

निषेधाज्ञामा हुनु अगावै गर्भ जाँच गराई सकेको छु । अहिले कोरोना फैलिरहेकाले चिकित्सकले अस्पताल नआउनु भन्नु भएको छ । तैपनि, डाक्टरसँग नियमित सम्पर्कमा छु । रगत वा अन्य केही जाँच गर्न परेमा घरमै बोलाउँछु ।

गर्भवती भइसकेपछि के–कस्ता शारीरिक परिवर्तन देखा परेका छन् ?

मलाई अहिलेसम्म अरुले भनेको जस्तो गाह्रो भएको छैन । पहिलो तीन महिनामा मैले नियमित काम गरेँ । आफ्नै होम प्रोडक्सनको एउटा फिल्म र एउटा वेब सिरिज बनाएँ । त्यसैले खासै समस्या त भएको छैन । तैपनि, यस्तो बेला विभिन्न परिवर्तनहरु चाहिँ देखा पर्ने रहेछ । सुरुसुरुमा खानामा अलिअलि अरुची थियो त्यसकारण तीन महिनामा तीन–चार किलो तौल पनि घटेको थिएँ । अरु सामान्य छ ।

यस्तो अवस्थामा गर्भवती महिलाले के–के गर्नुपर्ने रहेछ ?

अहिले देश महामारी विरुद्ध लडिरहेको अवस्था छ । सामाजिक सन्जालहरुमा विभिन्न भ्रामक र त्रसित समाचारहरु आइरहेका छन् । जसले गर्दा विशेषगरी गर्भवती महिला यस्तो अवस्थामा सामाजिक सन्जालबाट टाढा बस्दा नै राम्रो हुन्छ । किनभने गर्भवती महिलाले धेरै चिन्ता लिनु हुँदैन । यसैगरी गर्भावस्था सामान्य छ भने विभिन्न योगाहरु गरेर, घरभित्रै हिँडेर पनि समय शरीरलाई चलायमान गराउन सकिन्छ ।

दिनहरु कसरी बिताउँदै हुनु हुन्छ ?

परिवारसँग रमाइलो गर्छु । रमाइलोका लागि लुडो खेल्छौं, तास पनि कहिलेकहिँ खेल्छौं । लकडाउन हुनुभन्दा अघि २०, २२ वटा किताब किनेर ल्याएको थिएँ । अहिलेसम्म २, ३ वटा किताब पढेर सकिसकेँ । कहिले भजन सुन्छु, गीत सुन्छु, शारीरिक अभ्यासका लागि घरभित्रै डुल्छु । यसरी नै अहिलेसम्म दिन बितिरहेको छ ।

कोरोना महामारीमा आफूलाई कसरी सुरक्षित राख्नु भएको छ ?

निषेधाज्ञा जारी छ । घरबाट कहीँ निस्किएको छैन, कसैसँग भेटेको छैन, स्वास्थ्य मापदण्ड पालना गरेको छु ।

डेलिभरी डेट कहिलेको छ ?

चिकित्सकले भदौ वा असोज हुनसक्छ भन्नुभएको छ ।

बच्चाको नाम के राख्ने सोच्नुभयो ?

छोरा भएमा यो राखम् छोरी भए यो राखम् भन्ने परिवारमा सल्लाह त भइरहेकै छ । आफन्तहरुले पनि नाम सिफारिस गरिरहनुभएको छ । तर, मैलै सोचेको छैन । परिवारले नै सल्लाह गरेको तीन चार वटा नाम छन् सबैको चित्त बुझ्ने नाम राख्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली