English

‘संक्रमणलाई नियन्त्रणमा लिन स्वास्थ्य संकटकालको विकल्प छैन’



डा. सन्तोष दुलाल, अनुसन्धान वैज्ञानिक तथा जिवाणू विज्ञ

अहिले नेपालमा कोरोना संक्रमित र मृतकको संख्याले दिन दिनै नयाँ रकेर्ड बनाइरहेको छ । निषेधाज्ञा जारी गर्दा पनि संक्रमितको संख्यामा कमी आउन सकेको छैन । झनै कोरोनाबाट मृत्यु हुनेको दर दिनुहुँ बढीरहेको सरकारी तथ्यांकले देखाउँछ ।

कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिले बढ्नुमा सरकार र आमनागरिकले बेवास्ता गर्नु पहिलो कारण हो । नयाँ भेरियन्ट घातक छ भन्दाभन्दै त्यसलाई वेवास्ता गर्दै सभा सम्मेलन, जुलुस र यात्रा निकालियो । यो त्यसैको नतिजा हो । अझै दुई हप्ता कोरोना संक्रमणको रफ्तार बढ्छ ।

निषेधाज्ञामा यसकारण बढ्यो कोरोना

सरकारले वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञा सडकमा मात्रै सिमित भयो । भित्री गल्लीहरुमा मानिसहरुको भीड त्यत्तिकै देख्न सकिन्छ ।

संक्रमणको ट्रान्समिसन (प्रसारण चक्र) परिवर्तन भइरहेको छ । यो क्रम अझै दुई हप्ता चरमोत्कर्षमा पुग्ने देखिन्छ । यतिबेलासम्म धेरैको ज्यान जान सक्छ ।

पसलहरु बिहान मात्रै खोल्ने भनिए पनि होटल व्यवसायीले दिउँसै ग्राहक छिराउने गरेको दृश्यबाट हामी परिचित छौँ । अर्थात् अहिले पनि पूर्ण रुपमा सरकारको निर्णय पालना भएको छैन । जसकारण कोरोना संक्रमण व्याप्त रुपमा फैलिरहेको छ ।

संक्रमणको ट्रान्समिसन (प्रसारण चक्र) परिवर्तन भइरहेको छ । यो क्रम अझै दुई हप्ता चरमोत्कर्षमा पुग्ने देखिन्छ । यतिबेलासम्म धेरैको ज्यान जान सक्छ । अहिले संक्रमण पीक आवरमा छ । तीन हप्तापछि केही कम हुन थाल्छ । कुनै पनि महामारीलाई पूर्वानुमान गर्न त सकिँदैन, तर भारतको अहिलेको अवस्थालाई मध्यनजर गर्दा स्थिर भइरहेको देख्न सकिन्छ, नेपालमा पनि अबको दुई हप्तापछि स्थिर हुनसक्ने अनुमान गर्नसकिन्छ । अहिले काठमाडौं उपत्यकाका साथै गाउँ–गाउँमा पनि संक्रमण फैलिरहेको छ ।

यही अवधिमा आन्दोलन, जात्राहरु भए तर सरकार अम्बाको पात र बेसार पानी खाए ठिक हुन्छ भनेर बस्यो त्यसको नतिजा अहिले प्रष्टसँग देखिएको छ ।

सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । जसको जानकारी १३ गते नै दिइयो । तीन दिनको अवधिमा मानिसहरुलाई काठमाडौं छोड्न र भित्रिनका लािग छुट्याइयो । यो अवधिमा करिव डेढ लाख बढी मानिसले काठमाडौं छोडे । तीन दिनको अवधिमा धेरै कोरोना संक्रमित गाउँ पसे । त्यसको परिणाम अहिले देखिँदै छ ।

अर्को कुरा निषेधाज्ञाको पूर्ण पालना हुन सकेको देखिँदैन । विभिन्न बहानामा मानिसहरु घर बाहिर निस्किरहेका छन् । यसैगरी, सुरुमा विद्यालय बन्द गर्न ढिलाई गरियो । त्यसैले विद्यार्थीबाट संक्रमण घरसम्म पुग्यो । विवाहवारी धेरै भयो अझै पनि भइरहेको छ यसले पनि कोरोना फैलाउन निकै मद्धत गर्यो ।

यही अवधिमा आन्दोलन, जात्राहरु भए तर सरकार अम्बाको पात र बेसार पानी खाए ठिक हुन्छ भनेर बस्यो त्यसको नतिजा अहिले प्रष्टसँग देखिएको छ ।

कोरोना भाइरसले यहाँसम्म हामीलाई प्रहार गरिसक्दा समेत भारतका नाकाबाट लुकीछिपी नेपाल भित्रिनेहरुको संख्यामा कमी आएको छैन । हरेक दिन चार, पाँचहजार मानिसहरु नेपाल भित्रिरहेका छन् ।

काठमाडौं उपत्यकासहित देशैभरका अस्पतालमा संक्रमित भरिभराउ छन् । अक्सिजन, भेन्टिलेटर पर्याप्त नभएका कारण कतिपय अस्पतालहरुले संक्रमितलाई भर्ना नलिने भनिसके । घरमा अक्सिजन राख्न नपाइने र अस्पतालमा बेड नहुँदा कतिपय संक्रमितको अस्पताल खोज्दाखोज्दै ज्यान गइरहेकोछ । कतिपय अस्पतालले त परीक्षण पनि गर्न छोडेका छन् ।

स्वास्थ्य संकटकाल नै अहिलेको विकल्प

त्यसैले यस्तो बेला सबै मिलेर स्वास्थ्य संकट काल घोषणा गर्नुपर्ने हो तर, देशमा कुर्सी र राजनीतिको खेल चलिरहेको छ । अहिलेको अवस्थामा स्वास्थ्य संकटकाल लगाउनु नै एकमात्र विकल्प हो । कोरोना संक्रमितलाई भर्ना नलिने भनेर धेरै अस्पतालले हात उठाइसकेका छन् ।

बिरामीको उपचारको गन्तव्य कहाँ हो भन्नेमा अन्योलता छाएको छ । कोरोना भाइरसले यहाँसम्म हामीलाई प्रहार गरिसक्दा समेत भारतका नाकाबाट लुकीछिपी नेपाल भित्रिनेहरुको संख्यामा कमी आएको छैन । हरेक दिन चार, पाँचहजार मानिसहरु नेपाल भित्रिरहेका छन् ।

कोरोनाको खोप दुई प्रतिशतलाई पनि लगाउन सकिएको छैन । विज्ञानका अनुसार खोप लगाएका मानिसहरु गम्भीर, लक्षणहरु लिएर अस्पतालसम्म पुग्ने र उनीहरुको मृत्यु हुने सम्भावना कम हुन्छ ।

अहिले स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनमा काम गर्नेहरु नै कोरोना संक्रमित भएका छन् । जसका कारण बिरामीको उपचार गर्न समस्या भइरहेको छ । यस्तो अवस्थामा कस्तो कुटनीति, रणनीति बनाउनुपर्छ त्यो भिजन नै सरकारसँग छैन मानिसहरु सडकमै अस्पताल खोज्दा खोज्दै मरिरहेका छन् ।

नेपालमा कोरोनाको खोप दुई प्रतिशतलाई पनि लगाउन सकिएको छैन । विज्ञानका अनुसार खोप लगाएका मानिसहरु गम्भीर, लक्षणहरु लिएर अस्पतालसम्म पुग्ने र उनीहरुको मृत्यु हुने सम्भावना कम हुन्छ । तर, नेपालको बिडम्बना कमिसन नमिलेका कारण खोप रोकिरहेको छ । खोप नलगाउन्जेलसम्म संक्रमण नरोकिनेमा वैज्ञानिकहरु समेत सहमत भइसकेका छन् ।

१४ दिन क्वारेन्टाइनमा बसेपछि परीक्षण गर्नुपर्दैन ?

अहिले १४ दिन क्वारेन्टाइनमा बसेपछि परीक्षण नै गर्नु नपर्ने हल्लाहरु फिँजिरहेका छन् । तर, यो कुरा सरासर गलत हो । सबै मानिसको प्रतिरोधात्मक क्षमता एकै किसिमको हुँदैन ।

त्यसैले १४ दिन क्वारेन्टाइनमा बसेपछि परीक्षण नै गर्नुनपर्ने भनाइ गलत हो । कोही मानिस पूर्ण रुपमा निको हुन एक महिना पनि लाग्न सक्छ भने कोही १० दिनमै निको हुन सक्छ ।

लक्षण भएकाहरुलाई अस्पतालमा राखेर हेरचाह गर्ने ठाउँ छैन । अस्पतालमा गम्भीर बिरामीमात्र छन् । जसलाई बचाउनै गाह्रो छ ।

तर, १० दिनमै निको भएकाले कोरोना नै सार्दैन र परीक्षण नै गर्नुपर्दैन भन्ने कुरा अफवाह मात्र हुन् । अहिले खोप लगाएका र पहिला संक्रमित भैसकेकाहरु पनि संक्रमित भैरहेका छन् । त्यसैले भ्रामक कुराहरुले कुराहरुले संक्रमण दर बढाइरहेका छन् ।

९ दिनमै कोरोना संक्रमण ठीक हुन्छ भन्ने सन्देश दिएको पाइन्छ । कोरोना भाइरसको अध्ययन अनुसन्धान बिना निचोड निकाल्नु त्यति सान्दर्भिक हुँदैन ।
कतिपय संक्रमित व्यक्तिको १० दिनपछिको नमूनामा पनि भाइरस सक्रिय भएको भाइरस कल्चरबाट देखिएको छ । त्यसैले थप व्यवस्थित अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । अन्यथा, १० दिनपछिका संक्रमितहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा आफ्नो परिवार वा छिमेकीलाई संक्रमण सार्न सक्ने सम्भावना हुन्छ ।

यस कारण बढ्यो मृत्युदर

नयाँ भेरियन्ट धेरै आक्रामक हुँदा मृत्युदर बढीरहेको छ । नयाँ भेरियन्टले धेरै व्यक्तिमा लक्षण देखापरेको छ । मानिसहरु पहिले केही भएन भन्ने सोचेर जथाभावि हिँडे तर, यसपटकको भेरियन्ट धेरै आक्रामक छ ।

लक्षण भएकाहरुलाई अस्पतालमा राखेर हेरचाह गर्ने ठाउँ छैन । अस्पतालमा गम्भीर बिरामीमात्र छन् । जसलाई बचाउनै गाह्रो छ । त्यसो त वैज्ञानिकले यूके भेरियन्ट, भारतको डबल म्यूटेन भेरियन्ट, साउथ अफ्रीकाको सी वान भेरियन्ट एकदमै आक्रामक रहेको भन्दै यसबाट बच्न चेतावनी दिइसकेका थिए ।

यो छिटो प्रसारण हुने, लक्षणहरु देखाउने, गम्भीर अवस्थामा पुर्याउने किसिमको छ । यसले दीर्घरोगी र वृद्धवृद्धालाई धेरै असर पुर्याउँछ । किनभने उनीहरुमा प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण मृत्युको मुखमा पुर्याउँछ । बढ्दो मृत्युदरको अर्को कारण भनेको पर्याप्त अक्सिजन, बेड, भेन्टिलेटर र आइसीयूको अभाव हुनु पनि हो ।

संक्रमण घटाउन के गर्ने ?

– लकडाउनमा घरमै बस्ने र लक्षण देखिए परीक्षण गराउने ।

– यदि संक्रमण पुष्टि भए पनि १४ दिनसम्म छुट्टै कोठामा बस्ने ।

– संक्रमण मुक्त भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।

– अत्यावश्यकका काम बाहेक घर बाहिर ननिस्किने ।

– सरकारले पनि रणनीतिक कदम चाल्ने ।

– स्वास्थ्य संकटकाल घोषणा गर्ने र कोरोना नियन्त्रणको खाका तयार पार्ने । जस्तै, अस्पताललाई के चाहिन्छ,
प्रयोगशालालाई के चाहिन्छ, अस्पतालका कर्मचारी संक्रमित भए तिनीहरुलाई कसरी रिप्लेस गर्ने त्यो बारेमा सोच्ने ।

– आइसोलेसन, भेन्टिलेटर र अक्सिजनको व्यवस्था गर्नेबारे सोच्ने ।

– बेराजगार भएकाहरुलाई कसरी बचाउने भन्ने बारेमा ध्यान दिने ।

– कोरोना खोप कसरी धेरै ल्याएर चाँडो लगाउन सकिन्छ त्यो बारेमा विज्ञसँग छलफल गर्ने ।

–आम मानिसलाई जनस्वास्थ्यका मापदण्ड र निषेधाज्ञा पूर्ण पालना गर्न लगाउने ।

(डा. दुलालसँग कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,