English

अन्तर्वार्ता

‘पारिश्रमिक कम हुँदा नर्सहरु विदेशिन बाध्य छन्’



यतिबेला नर्स कोरोना संक्रमितको सारथी बनिरहेका छन् । यद्यपि नेपालमा भने नर्सहरुको अवस्था नाजुक छ । संक्रमितको उपचार तथा हेरचाहमा फ्रन्टलाइनमा खटिएका निजी अस्पतालमा कार्यरत नर्सहरुको पारिश्रमिक अत्यन्तै न्युन छ । यसमा सम्बन्धित निकायले चासो देखाउन सकेको छैन ।

हालसम्म काउन्सिलमा दर्ता भएका नर्सहरुको संख्या ९७ हजार छ । संक्रमणको अवधिमा १५ सय भन्दा बढी नर्स संक्रमित भएका छन् । यिनै संक्रमित नर्सहरु समाजबाट पनि अपहेलित हुनुपरेको छ । त्यसैले २ वर्षयता नर्सहरुको अवस्था नाजुक छ ।

अझै अग्रमोर्चामा खटिएर काम गर्ने थुप्रै नर्सहरु पनि संक्रमित भएका छन् । त्यसो यतिबेला नेपालमा नर्सको अवस्था कस्ता छ ? उनीहरुको पीरमर्का बुझ्न नेपाल नर्सिङ संघले के गरिएको छ ? लगायका विषयमा केन्द्रीत रहेर संघकी अध्यक्ष प्रा. मनकुमारी राईसँग मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानी :

यतिबेला नेपालमा नर्सहरुको अवस्था कस्तो छ ?

कोरोनाको दोस्रो लहरका कारण संक्रमितको संख्या अत्याधिक बढेर अस्पतालहरु खचाखच छन् । बिरामीको हेरचाहमा अन्य स्वस्थ्यकर्मीको तुलनामा नर्सहरु धेरै खटिनु परेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर नर्सले नै हेरचाह गर्नुपर्ने भएकाले उनीहरुलाई निकै जोखिम छ ।

हालसम्म काउन्सिलमा दर्ता भएका नर्सहरुको संख्या ९७ हजार छ । संक्रमणको अवधिमा १५ सय भन्दा बढी नर्स संक्रमित भएका छन् । यिनै संक्रमित नर्सहरु समाजबाट पनि अपहेलित हुनुपरेको छ । त्यसैले २ वर्षयता नर्सहरुको अवस्था नाजुक छ ।

नर्सिङ संघले आफै त नर्सहरुको लागि केही गर्ने होइन । हामीले सम्बन्धित ठाउँमा समन्वय गर्ने हो । नेपाल सरकार, निजी अस्पतालहरुको प्रशासनसँग हामीले पहल गरिरहेका हुन्छौं ।

नर्सहरुको समस्यालाई संघले कसरी पहिचान गर्छ ?

समस्या परेपछि नर्सहरु नै आउँछन् । संघले पनि नर्सहरुको अवस्था कस्तो छ, सेवा सुविधा कति पाएका छन् ? उचित पारिश्रमिक पाएका छन् कि छैनन् ? उनीहरुलाई काममा केही कठिनाई छ कि भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेका छौं ।

फ्रन्टलाइनमा खटिएका नर्सहरुको हौसला बढाउन संघले के गरिरहेको छ ?

नर्सिङ संघले आफै त नर्सहरुको लागि केही गर्ने होइन । हामीले सम्बन्धित ठाउँमा समन्वय गर्ने हो । नेपाल सरकार, निजी अस्पतालहरुको प्रशासनसँग हामीले पहल गरिरहेका हुन्छौं । नर्सहरुले पाउने सेवा सुविधा लगायतका विषयलाई हामीले स्वास्थ मन्त्रलयसम्म पु-याएका छौं । उनीहरुलाई फ्रन्टलाइनमा खटाई रहँदा ज्यालादारी कर्मचारीका रुपमा पनि थुप्रै अस्पतालहरुले नियुक्ति गरेका थिए । त्यो कुरा थाहा पाउने बित्तिकै हामीले त्यसको विरोध गरेका थियौ । त्यस विषयमा स्वास्थ्य मन्त्रालयबाट पनि तुरुन्त फलोअप भएको थियो ।

अहिले फ्रन्टलाइनमा खटिएका नर्सहरुको गुनासो चाहिँ के छ ?

फ्रन्टलाइनमा खटिनुहुने नर्सहरुको गुनासो त एकदम धेरै छ । कोरोनाको पहिलो लहरमा त पीपीई नपाउने, धेरै समय ड्युटीमा खटिनुपर्ने जस्ता समस्याहरू थिए । अहिले दोस्रो लहरमा धेरै बिरामीहरु एकै जनाले हेर्नु पर्ने समस्या छ । संक्रमितहरु अत्याधिक बढेको र अस्पतालमा नर्स सिमित मात्रा भएका कारण उनीहरुलाई कामको लोड एकदमै धेरै छ ।

नियुक्ति बिना कसैले पनि काम गर्नु हुँदैन । नियुक्ति पत्र बिना काम गर्दा विभिन्न समस्या पर्छ । तलब सुविधाको कुरामा धेरै गुनासो निजी अस्पतालमा काम गर्ने नर्सहरुबाट आएको हुनाले हामीले मन्त्रालयमा पत्राचार गरेका थियौं ।

अहिले पनि केही अस्पतालहरुमा पीपीइको अभाव छ । बढी काम गरे बापत पाउने भत्ता नपाएको गुनासो धेरैले गरेका छन् । अस्पतालमा बिरामीको संख्या धेरै रहेको र नर्सहरुको संख्या कम भएको कारण चौबिसै घन्टा काममा खटिनु परेको गुनासो धेरैको छ ।

अधिकांश निजी अस्पतालले नर्सहरुलाई कम पारिश्रमिक र नियुक्ति पत्र नदिइ काममा लगाइरहेका छन् ? यो विषयमा संघको ध्यानाकर्षण भएको छ कि छैन ?

पहिलो कुरा नर्स आफैं सतर्क हुन जरुरी छ । नियुक्ति बिना कसैले पनि काम गर्नु हुँदैन । नियुक्ति पत्र बिना काम गर्दा विभिन्न समस्या पर्छ । तलब सुविधाको कुरामा धेरै गुनासो निजी अस्पतालमा काम गर्ने नर्सहरुबाट आएको हुनाले हामीले मन्त्रालयमा पत्राचार गरेका थियौं । नर्सहरुले पाउनु पर्ने न्युनतम पारिश्रमिक भन्दा कम दिएर उनीहरुलाई काम लगाउन पाइँदैन भन्दै मन्त्रालयले पनि निर्देशन दिइसकेको छ । यहि बैशाख २६ गते पनि संघले यस विषयलाई लिएर फलोअप गरेको थियो ।

नर्सहरु विदेशिने क्रम रोकिएको छैन ? के नेपालमा नर्सको भविष्य राम्रो छैन हो ?

यसको मुख्य दुई कारणहरु छन् एउटा नर्सहरु आफैं अवसरको खोजीमा र परिवारको चाहना अनुसार विदेशिन चाहन्छन् । अर्को नेपालमा रोजगारीको अवसर नभएको र पारिश्रमिक पनि कम भएको कारणले पनि उनीहरु विदेशिने बाध्य भएका छन् ।

संघले नर्सहरुको हक हितको लागि के–कस्तो कार्य गरेको छ ?

नर्सहरुको दरवन्दी बढाउनु पर्छ भन्ने कुराको पहल संघले गरिरहेको छ । नर्सहरुलाई ज्यालादारी वा भोलेन्टियरको रुपमा अस्पतालमा राख्न पाइदैन भन्ने कुरामा पनि जोड दिइरहेका छौं । नर्सहरुलाई समस्या परेको खण्डमा तुरुन्त त्यस ठाउँमा पुगेर हामीले खबरदारी पनि गरिरहेका छौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,