English

आमाका लागि घरमै बनाउनुहोस् यी परिकार



मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाप्रति सम्मान र आदर व्यक्त गर्दै यो पर्व मनाइन्छ । आमालाई मीठा–मीठा परिकार खुवाइन्छ । यद्यपि कोरोना संक्रमणका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । पसल, बजार सबै बन्द छन् । त्यसैले यस्तो अवस्थामा घरमै विभिन्न परिकार पकाएर आमालाई खुवाउन सकिन्छ । ती परिकार के–के हुन सक्छन् ? यहाँ चर्चा गरिएको छ ।

जेरी

जेरी एक मिठाईको परिकार हो । यो परिकार मैदा र चिनीको घोलबाट तयार गरिन्छ । यसलाई घरमै सजिलै बनाउन सकिन्छ । यसका लागि सुरुमा मैदाको घोल तयार गरिन्छ । त्यसपछि तातो तेलमा घुमाइ–घुमाइ जेरी तयार गरिन्छ । उक्त जेरीलाई चिनीको घोलमा डुबाएर केही समय राखिन्छ । यसरी घरमै बनाएको जेरी फ्रेस र स्वस्थ हुन्छ ।

रसवरी

रसवरी पनि मिठाईको एक परिकार हो । यसलाई दुघ फटाएर निस्किएको छोक्राबाट बनाइन्छ । यो पनि सजिलै घरमा बनाउन सकिन्छ ।

खुवा

खुवा बनाएर पनि आमालाई खुवाउन सक्छौं । यो परिकार दूधबाट बनाइन्छ । यो स्वास्थका लागि एकदमै राम्रो परिकार हो । यो परिकार बनाएर आमाको कोशेलीमा समावेश गर्न सकिन्छ ।

खीर

खीर पोषणयूक्त खाना हो । दूध र चामलको मिश्रितमा चिनी र विभिन्न नट्सहरु मिसाएर खिर पकाइन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

लस्सी

लस्सी दूधजन्य प्रदार्थबाट बनाइने एक परिकार हो । अहिले गमी मौसममा घरमै लस्सी बनाएर आमालाई खुवाउन सकिन्छ । यो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ ।

पुरी

गहुँको पिठोबाट बनाइने रोटीको परिकार हो । यसलाई तेलमा तारेर बनाइन्छ । आमाको मुख हेर्ने कोशेलीमा यसलाई पनि समावेश गर्न सकिन्छ ।

आलुको अचार

आलुको अचार प्राय सबैलाई मन पर्न सक्छ । उसिनेको आलुमा तील, कागतिको रस, केराउ, काँक्रो लगायतका विभिन्न वस्तु मिलाएर बनाउन सकिन्छ । यसलाई खीर तथा पुरीसँग मिलाएर आमालाई खुवाउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested