English

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित



राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा परीक्षाका लागि अनुकुल वातावरण नभएको भन्दै बोर्डले परीक्षा स्थगित गरेको हो ।

सोमबार बिहान बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिए । गत वर्ष बोर्डले आन्तरिक मूल्यांकनमार्फत नतिजा सार्वजनिक गरेको थियो । यद्यपि यसपाली कसरी बढ्ने भन्ने रणनीतिका विषयमा छलफल जारी रहेको उनले बताए ।

‘परीक्षालाई कुन रणनीतिमा अघि बढाउने भन्ने विषयमा छलफल गर्दै छौं,’ उनले भने, ‘परीक्षा हुने वा आन्तरिक मूल्यांकन गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।’

सोमबारको बैठकले १५ दिन भित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार पारेर बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने निर्णय भएको पौडेले जानकारी दिए ।

बोर्डले जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको थियो ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ