English

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित



राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा परीक्षाका लागि अनुकुल वातावरण नभएको भन्दै बोर्डले परीक्षा स्थगित गरेको हो ।

सोमबार बिहान बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिए । गत वर्ष बोर्डले आन्तरिक मूल्यांकनमार्फत नतिजा सार्वजनिक गरेको थियो । यद्यपि यसपाली कसरी बढ्ने भन्ने रणनीतिका विषयमा छलफल जारी रहेको उनले बताए ।

‘परीक्षालाई कुन रणनीतिमा अघि बढाउने भन्ने विषयमा छलफल गर्दै छौं,’ उनले भने, ‘परीक्षा हुने वा आन्तरिक मूल्यांकन गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।’

सोमबारको बैठकले १५ दिन भित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार पारेर बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने निर्णय भएको पौडेले जानकारी दिए ।

बोर्डले जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested