English

कैलालीमा स्वाब संकलन स्थगित



कैलालीमा अस्पतालको क्षमताले नधान्ने भएपछि स्थानीय निकायमा गएर गरिँदै आएको स्वाब संकलन केही दिनका लागि स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेको र अस्पतालले नधान्ने स्थिति आएपछि शनिबारदेखि स्वाब संकलन बन्द गरिएको हो ।

यसैगरी, कैलालीस्थित घोडाघोडी अस्पतालका अध्यक्ष विष्णु सापकोटाले पनि हाललाई स्वाब संकलन बन्द गरिएको जानकारी गराए ।
‘स्थानीय तहबाट धेरै स्वाब संकलन भए र सेती अञ्चल अस्पतालको २ सयदेखि २ सय ५० स्वाब परीक्षण गर्ने क्षमता छ,’ उनले भने, ‘अस्तपालले नै नथेग्ने भएपछि जिल्लामा स्वाब संकलन बन्द गरिएको हो ।’ संक्रमणको दर तीव्र गतिमा फैलिएपछि कैलालीमा ३० गतेसम्म निषेधाज्ञा जारी छ ।

बैंक र वित्तिय संस्थाहरु बिहान ९ बजेदेखि ११ बजेसम्म जिल्लाभर एउटामात्र शाखा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ । यसका साथै खाद्यान्न पसलहरु बिहान ६ बजे देखि ९ बजेसम्म खुल्ला गर्न र सरकारी कार्यालयका कर्मचारीलाई सवारी साधनको कम प्रयोग गर्न भनिएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट दैनिक ८ सयदेखि १ हजार मानिस नेपाल भित्रिने गरेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो नाकाबाट मात्र चैतदेखि अहिलेसम्म ४३ हजार हाराहारीमा मानिसहरु भारतबाट नेपाल भित्रिएका छन् ।
उनीहरुको एन्टिजीन परीक्षण गरी नेपाल भित्र्याइएको जोशीले बताए । कोरोना पुष्टि भएका ६० जनालाई धनगढी उप–महानगरपालिका वडा नं. १५ मा रहेको आइसोलसनमा राखिएको छ ।

यसैगरी कैलालीमा खाद्यान्न, औषधि, अस्पताल जाने बिरामी, कुरुवा, कार्यालय जाने कर्मचारी बाहेक अरुलाई बाहिर हिँडडुल गर्न नदिइएकोे प्रहरी कार्यालय कैलालीका डिएसपी भरतबहादुर चौधरीले बताए । ‘अनावश्यक हिँडडुल गर्न दिएका छैनौं,’ उनले भने, ‘मास्क नलगाउने र अनावश्यक हिँडडुल गर्नेलाई २ देखि ३ घण्टा होल्डमा राखेर कारवाही गरेका छौं ।’ निषेधाज्ञा उल्लंघन गर्ने, मास्क नलगाउने १० हजार ३ सय ६१ जनालाई कारवाही गरिएको चौधरीले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested