English

कैलालीमा स्वाब संकलन स्थगित



कैलालीमा अस्पतालको क्षमताले नधान्ने भएपछि स्थानीय निकायमा गएर गरिँदै आएको स्वाब संकलन केही दिनका लागि स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेको र अस्पतालले नधान्ने स्थिति आएपछि शनिबारदेखि स्वाब संकलन बन्द गरिएको हो ।

यसैगरी, कैलालीस्थित घोडाघोडी अस्पतालका अध्यक्ष विष्णु सापकोटाले पनि हाललाई स्वाब संकलन बन्द गरिएको जानकारी गराए ।
‘स्थानीय तहबाट धेरै स्वाब संकलन भए र सेती अञ्चल अस्पतालको २ सयदेखि २ सय ५० स्वाब परीक्षण गर्ने क्षमता छ,’ उनले भने, ‘अस्तपालले नै नथेग्ने भएपछि जिल्लामा स्वाब संकलन बन्द गरिएको हो ।’ संक्रमणको दर तीव्र गतिमा फैलिएपछि कैलालीमा ३० गतेसम्म निषेधाज्ञा जारी छ ।

बैंक र वित्तिय संस्थाहरु बिहान ९ बजेदेखि ११ बजेसम्म जिल्लाभर एउटामात्र शाखा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ । यसका साथै खाद्यान्न पसलहरु बिहान ६ बजे देखि ९ बजेसम्म खुल्ला गर्न र सरकारी कार्यालयका कर्मचारीलाई सवारी साधनको कम प्रयोग गर्न भनिएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट दैनिक ८ सयदेखि १ हजार मानिस नेपाल भित्रिने गरेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो नाकाबाट मात्र चैतदेखि अहिलेसम्म ४३ हजार हाराहारीमा मानिसहरु भारतबाट नेपाल भित्रिएका छन् ।
उनीहरुको एन्टिजीन परीक्षण गरी नेपाल भित्र्याइएको जोशीले बताए । कोरोना पुष्टि भएका ६० जनालाई धनगढी उप–महानगरपालिका वडा नं. १५ मा रहेको आइसोलसनमा राखिएको छ ।

यसैगरी कैलालीमा खाद्यान्न, औषधि, अस्पताल जाने बिरामी, कुरुवा, कार्यालय जाने कर्मचारी बाहेक अरुलाई बाहिर हिँडडुल गर्न नदिइएकोे प्रहरी कार्यालय कैलालीका डिएसपी भरतबहादुर चौधरीले बताए । ‘अनावश्यक हिँडडुल गर्न दिएका छैनौं,’ उनले भने, ‘मास्क नलगाउने र अनावश्यक हिँडडुल गर्नेलाई २ देखि ३ घण्टा होल्डमा राखेर कारवाही गरेका छौं ।’ निषेधाज्ञा उल्लंघन गर्ने, मास्क नलगाउने १० हजार ३ सय ६१ जनालाई कारवाही गरिएको चौधरीले जानकारी दिए ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested