English

आइतवारबाट एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ कार्यक्रम



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ‘हेल्लो डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिभ नेपाल क्याम्पियन’ अभियान सञ्चालन गर्ने भएको हो ।

यो कार्यक्रम वैशाख २६ गते (आइतवार) बाट शुरु हुनेछ । यसबाट परामर्श लिन कोरोना संक्रमितले २११११२११११ नम्बरमा भाइबरबाट नाम दर्ताका लागि म्यासेज पठाउन सक्नेछन् । सोही म्यासेजको आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

भाइबरमा म्यासेज पठाउँदा बिरामीको नाम, उमेर र ठेगाना अनिवार्य खुलाउन पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

कार्यक्रमको शुरुवातमा पाँच जना डाक्टरबाट परामर्शको गरिने महासंघले जनाएको छ । जसका लागि विहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजे सम्मका लागि समय छुट्याएको छ ।

हेल्लो डाक्टर मार्फत् सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोरोना संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम