कोरोनाबाट निको हुनेको संख्या बढ्दै



नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । हिजो (शुक्रवार) २ हजार ९ सय ५ जना मुक्त भएकोमा आज (शनिवार) यो संख्या बढेर ३ हजार ३ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ९८ हजार ७ सय ६५ रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ । निको भएको दर नेपालमा ७७.४ प्रतिशत हो ।

नेपालमा गत २४ घण्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ३ सय ४ जनाको कोरोना परीक्षण गर्दा ८ हजार २ सय ८७ जनाको आरटीपीसीआर विधिबाट र १ सय ३१ जनाको एन्टिजेन विधिबाट कोरोना रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै नेपालमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल मृत्यु भएकाहरुको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । अहिले नेपालमा ३ सय ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ८३ हजार ४ सय ९३ जना रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई