English

अनलाइन जुवा (सट्टावाजी) र लागू औषध समेत मुद्दामा संलग्न मानिस पक्राउ



मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी ) खेल्ने खेलाउने कार्य हुने गरेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेको व्यक्तिको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा कोठा भाडामा लिई बस्ने जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. २ पिपलभन्ज्याङ स्थायी वतन भएका बर्ष २६ को गौरव स्याङतानलाई फेला पारी निज बस्दै आएको डेराकोठामा खानतलासी गर्दा नेपाली रुपैयाँ रु. ५००।- दरका र रु. १,०००।- दरका नोटहरु समेत गरी जम्मा रु. ९१,५०,०००।- (अक्षेरुपी एकानब्बे लाख पचास हजार रुपैयाँ) सहित मोवाईल सेटहरु, ipad, Laptop , नोट (पैसा) गन्ने मेसिन, तौल गर्ने तराजु र खानतलासी कै क्रममा निजको कोठामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ समेत फेला पारी तौल गर्दा १ के.जी. ५०० ग्राम समेत वरामद गरी निम्न दशीका सामानहरु समेत कानुन बमोजिम रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि दाखिला गरेकोमा निज प्रतिवादी गौरव स्याङतान उपर थप अनुसन्धान भई रहेको ।
बरामद दशीहरु :
१. नेपाली रुपैयाँ रु. ९१,५०,०००।- ( अक्षेरुपी एकानब्बे लाख पचास हजार रुपैयाँ )
२. नोट ( पैसा) गन्ने मेसिन थान-१ ।
३. तौल गर्ने तराजु थान-१
४. गाँजा जस्तो देखिने पदार्थ १ के.जी. ५०० ग्राम ।
५. विभिन्न कम्पनीको मोबाईल सेटहरु थान-११ ।
६. ipad Model no: MR7J2LL/A को थान-१ ।
७. ल्यापटप थान-१ ।
८. गौरव स्याङतान नाम उल्लेख भएको विभिन्न बैंकको नामको ATM कार्ड थान- ८
९. CHEWANG’S PLAY GROUND लेखेको बोर्ड थान-१
१०. IEASUM 4G + LTE Mobile WIFI HOTSPOT (पकेट राउटर) थान-१

स्रोत: नेपाल प्रहरी



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested